२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप क्रिकेटः श्रीलंकाद्वारा भारत छ विकेटले पराजित



अ+ अ-

दुबइः युएइको दुबइमा जारी एसिया टी२० क्रिकेट प्रतियोगिता अन्तरगत मंगलबार भएकाे खेलमा श्रीलंकाले भारतलाइ छ विकेटले पराजित गरेको छ । सुपर चारमा भएको यस खेलमा पराजयसँगै भारतको फाइनल पुग्ने संभावना लगभग समाप्त भएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७२ रन बनाए । ४१ बलको सामना गरेका उनले ५ चाैका र ४ छक्का प्रहार गरेका थिए ।

यस्तै, सूर्य कुमार यादवले ३४, हार्दिक पान्ड्या र ऋषभ पन्तले समान १७, १७ रन बनाएका थिए ।

एक सय ७४ रनको लक्ष पछ्याएको श्रीलंकाको शुरूवात निकै प्रभावशाली रहेको थियो । पहिलो विकेटका लागि ९७ रनको पारि खेले पनि त्यसपछि लगातार तीन विकेट गुमाएर श्रीलंका दबाबमा परेको थियो ।

श्रीलंकाका लागि दुबै प्रारम्भिक ब्याट्सम्यान पाथुम निस्सान्काले ५२ तथा बी मेन्डिसले ५७ रन बनाएका थिए । तर त्यसपछि के असालान्काले ०, एम गुनथिलकाले १ रन बनाएर बिदा भए । तर सनाका र राजपाक्षले खेललाइ रोमान्चक बनाउँदै श्रीलंकालाइ जित दिलाए । सनाकाले ३३ र राजपाक्षले २५ रन बनाएका थिए ।

समग्रमा श्रीलंकाले १९.४ ओभरमा निर्धारित लक्ष पुरा गरेको थियो ।

भारतीय स्पिनर युजबेन्द्र चहलले ३ र रबिचन्द्र अश्विनले १ विकेट लिएपछि श्रीलंका दबाबमा परेको थियो । तर अन्य बलरले साथ नदिँदा भारतले खेल गुमाएको थियो ।

सुपर चार अंक तालिका

श्रीलंका – २ खेल – ४ अंक
पाकिस्तान – १ खेल – २ अंक
भारत – २ खेल – ० अंक
अफगानिस्तान – १ खेल – ० अंक

बुधबारको खेल

पाकिस्तान vs अफगानिस्तान