१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरले कर बुझाउन काटेको पत्रमा विद्युत् प्राधिकरण देखि अस्पताल सम्म



फाईल फोटो
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर बुझाउन १७ निकायलाई पत्र पठाएको छ । कर बुझाउन पटक पटक ताकेता गर्दा पनि कर नबुझाएपछि महानगरले १० दिन भित्र कर र सोको जरीवाना बुझाउने गरी निकायलाई पत्राचार गरेको हो ।

महानगरले सम्पत्ति कर बुझाउन खाद्य संस्थान, राष्ट्रिय नाचघर, कर्मचारी सञ्चय कोष, नेपाल विद्युत् प्राधिकरण, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल लगायतलाई पत्राचार गरेको छ ।

यस्तै आरबी कम्प्लेक्स, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, सिविक हस्पिटल र डेण्टल कलेजलाई कर बुझाउन पत्र काटिएको छ ।

यस्तै ह्वाईड फिल स्कुल, रञ्जना ट्रेड सेण्टर, साझा भण्डार, चेम्बर अफ कमर्स, नेशनल ट्रेडिङ लिमिटेड, नेपाली जामे मस्जिद, कृषि सामाग्री संस्थानलाई पनि सम्पत्ति कर बुझाउन भनेको छ ।