११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

आयल निगमले अमलेखगञ्जमा दुई वटा पेट्रोल भण्डारण गृह बनाउने

आयल निगमले अमलेखगञ्जमा दुई वटा पेट्रोल भण्डारण गृह  बनाउने
अ अ+ अ-

वीरगञ्ज । नेपाल आयल निगमले पाइपलाइनमार्फत पेट्रोलसमेत नेपाल आयात गर्न बाराको अमलेखगञ्जस्थित निगमको प्रादेशिक कार्यालयमा पेट्रोल भण्डारण गर्न दुई वटा पेट्रोल भण्डारण गृह (टङ्की) निर्माणको काम अघि बढाएको छ ।

हाल निगमले भारतको विहारस्थित मोतिहारीदेखि नेपालको बारास्थित अमलेखगञ्जसम्म पाइपलाइनमार्फत डिजेल मात्र आयात गर्दै आएको थियो । निगमले अब भने उक्त पाइपलाइनबाटै पेट्रोलसमेत आयात गर्न निगमको अमलेखगञ्जस्थित डिपो परिसरमा दुई वटा भण्डारण ट्याङ्की निर्माणको काम अघि बढाएको हो ।

जसका लागि भारतीय आयल कर्पोरेसनले पेट्रोल भण्डारण गृह निर्माणका लागि आवश्यक ठेक्का प्रक्रिया पूरा गरिसकेकाले आगामी दसँैपछि भण्डारण गृह निर्माण काम सुरु हुने अमलेखगञ्जस्थित निगमको प्रादेशिक कार्यालयका प्रमुख इञ्जिनीयर प्रदीप यादवले जानकारी दिनुभयो ।

हाल निगमले भारतको विहारस्थित मोतिहारीदेखि नेपालको बारास्थित अमलेखगञ्जसम्म करिब ६९ किमी लामो पाइपलाइनमार्फत डिजेल आयात गर्दै आएको छ । अब निर्माण हुने पेट्रोल भण्डारण गृह ९ट्याङ्की० मध्ये प्रतिट्याङ्की चार हजार एक सय किलोलिटर क्षमताको हुनेछन् ।

नेपालतर्फको पाइपलाइनको अन्तिम बिन्दु अमलेखगञ्जमा पेट्रोल भण्डारण गृह निर्माण भएपछि पाइपलाइनमार्फत नेपालमा पेट्रोल आयात गर्न थप सहज हुनेछ । पेट्रोल सङ्कलन गर्ने दुई वटा भण्डारण ट्याङ्की निर्माणपश्चात् निगमलाई पेट्रोल आयातमा प्रतिलिटर करिब एक रुपैयाँ ५० पैसा ढुवानी खर्च सस्तो पर्ने आँकलन गरिएको आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिनुभयो ।

करिब रु तीन अर्ब २६ करोडको लागतमा निर्माण हुने दुई वटा पेट्रोल भण्डारण ट्याङ्की निर्माणको कार्य आगामी सन् २०२४ को जनवरीसम्म सम्पन्न हुने लक्ष्य रहेको छ । हाल मोतिहारीदेखि अमलेखगञ्जसम्म करिब ६९ किलोमिटर लामो पाइपलाइनबाट प्रतिघण्टा दुई लाख ५० किलोलिटरका दरले डिजेल आयात भइरहेको बताइएको छ । तर पेट्रोलका लागि भारतबाट ट्याङ्करमार्फत आयात भइरहेको छ ।