• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo

प्रधानमन्त्री देउवा र भारतीय सेनाध्यक्ष पाण्डे बिच शिष्टाचार भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री देउवा र सेनाध्यक्ष पाण्डेबीच शिष्टाचार भेटवार्ता भएको हो ।

सेनाध्यक्ष पाण्डेले आजै पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम पनि रहेको छ ।

जनरल पाण्डेले आज बिहान माउण्टेन फ्लाईट गरेका थिए ।

नेपालको पाँच दिने भ्रमणमा रहेका पाण्डे बिहीबार स्वदेश फर्कँदैछन् ।