२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २१.१६ अंकले गिरावट



अ+ अ-

काठमाडौँ । पछिल्लो समय नेप्से परिसूचकमा निरन्तर रुपमा गिरावट आएको छ ।

सोमवार भएको कारोबारमा ४.२९ अंक घटेर बन्द भएको नेप्से मंगलवार २१.१६ अंक घटेर १९५१.८४ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक घटेको छ ।

मंगलवार कारोबारमा आएका २२७ कम्पनीको ३२ लाख ९ हजार कित्ता शेयर १ अर्ब १९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक घटेपनि कारोबारमा भने सामान्य सुधार भएको छ । सोमवार ९० करोड ९९ लाखको मात्रै कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढ्दा बाँकी १२ उपसमूहको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४० प्रतिशत बढेको छ । बाँकी वित्त उपसमूहको परिसूचक २.१२ प्रतिशत र जलविद्युत उपसमूहको परिसूचक २.०५ प्रतिशतले घटेको छ ।

मंगलवार उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य करिव १० प्रतिशत बढेको छ । सानिमा माई हाइड्रोपावरको शेयरमूल्य ७.३२ प्रतिशत घटेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य ६ प्रतिशत घटेको छ ।

मंगलवार हिमालयन एभरेष्ट इन्स्योरेन्सको ९ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।