२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनमा सिट बाँडफाँट पेचिलो बन्यो: माधव नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको विषय पेचिलो बनेको बताउनुभएको छ ।

आगामी निर्वाचनमा चुनावी तालमेल गरेर जान सहमत भएका सत्ता गठबन्धनमा अहिले सिट बाँडफाँट पेचिलो बन्दै गएको उहाँले बताउनुभयो ।

पार्टी निकट दलित मुक्ति संगठनको मंगलबार काठमाडौँमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले पेचिलो बने पनि सिट बाँडफाँटलाई सम्भव बनाएर लैजान खोजिरहेको बताउनुभयो ।

आगामी निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई जिताउने गरी संगठन परिचालनको काममा लाग्न पार्टी नेता तथा कार्यकर्ताहरुलाई उहाँले निर्देशन दिनुभयो ।