१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा: डेङ्गु नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण



file
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमाथि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले आगामी निर्वाचनमा महिला उम्मेदवारको प्रतिनिधित्व बढाउन, डेङ्गु रोग नियन्त्रण, अव्यवस्थित अवस्थामा रहेका सवारी साधनको व्यवस्थापनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसद अनिता देवकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संविधानको मर्म र भावनालाई ध्यानमा राखी प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार बढाउन सम्बन्धित सबै राजनीतिक दललाई अनुरोध गर्नुभयो । उहाँले डेङ्गु नियन्त्रणलाई लामखुट्टेको लार्भा नाश गर्ने कीटनाशक औषधि छर्कन र सचेतनाका लागि यथाशीघ्र प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद दिलकुमारी रावल थापा ९पार्वती० ले देशभर करिब ३६ हजार सङ्ख्यामा सरकारी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी विभिन्न माग राखी लामो समयदेखि सङ्घर्षरत रहेको भन्दै उनीहरुलाई तह अनुसारको पारिश्रमिक सुविधा मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले मिटरब्याज पीडित नागरिकको समस्या समाधान गर्न पनि आग्रह गर्नुभयो ।

सांसद नन्दा चपाईंले काठमाडौँ उपत्यकामा अव्यवस्थित अवस्थामा रहेका सवारीसाधनको व्यवस्थापन गर्न माग गर्नुभयो । उपत्यकामा मात्रै एक हजार नौ सय ४९ थान सवारीसाधन अव्यवस्थित रहेको पाइएको र यसबारे दिगो व्यवस्थापनका लागि कानुनी रुपमा समाधानका लागि पहल गर्न आग्रह गर्नुभयो ।