२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरी नाका बन्द हुँदा व्यवसायी मर्कामा परेः कोइराला



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुजाता कोइरालाले उत्तरी नाका लामो समयदेखि बन्द हुँदा व्यापार व्यवसाय प्रभावित भएको भन्दै कूटनीतिक संवादमार्फत समस्याको समाधान गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उहाँले लामो समयसम्म सीमा नाकामा चाडपर्वका लागि भनेर आयात गरिएका सामान रोकिँदा व्यवसायी मर्कामा परेकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएकी सांसद कोइरालाले नेपालको स्थापित मूल्य र मान्यता तथा तटस्थ परराष्ट्र नीतिको सम्बद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।