११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

चुनावका लागि काठमाडौं र सदरमुकाममा बस्ने होइन बस्तीबस्तीमा जाने हो- अध्यक्ष नेपाल

चुनावका लागि काठमाडौं र सदरमुकाममा बस्ने होइन बस्तीबस्तीमा जाने हो- अध्यक्ष नेपाल
file
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएको बताउनु भएको छ ।

अध्यक्ष नेपालले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरुबीच सहमति भएपनि सिट बाँडफाँडको विषय सम्भव हुन्छ वा हुन्न रु भन्ने प्रश्न उठ्ने गरेको स्पष्ट पार्नु भयो । पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमा मंगलबारबाट सुरु भएको केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले आफ्नो पार्टीले भने त्यसलाई सम्भव बनाएर अघि बढन चाहिरहेको उल्लेख गर्नु भयो । अध्यक्ष नेपालले आगामी चुनावमा आफ्नो पार्टीका उम्मेदवारहरुलाई जिताउने गरी संगठन परिचालनको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । त्यसका लागि पार्टीको हैसियत र सामथ्र्य वृद्धिका लागि सिंगो पार्टी पंक्ति परिचालन हुनुपर्ने उहाँको भनाई थियो ।

अध्यक्ष नेपालले चुनावलाई लक्षित गरेर बस्तीबस्तीमा पुगेर संगठन निर्माण र परिचालनको काममा खटिन पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराउनु भयो । उहाँले भन्नु भयो, ‘अव हामीेले चुनावमा लाग्नुछ । चुनावका लागि नै संगठन बनाउनु छ । संगठन परिचालन गर्नुपर्नेछ । अव काठमाडौं र सदरमुकाममा बस्ने होइन । अव बस्तीबस्तीमा जाने हो । त्यसका निम्ति को उठ्यो रु ठूलो कुरा होइन । हाम्रो पार्टीका कलम चिन्हका उम्मेदवार उठे, उठेनन् रु हामीले समानुपातिकमा सबै ठाउँमा उम्मेदवारी दिन्छौं । त्यसको निम्ति हामीेले प्रत्यक्ष निर्वाचन मात्रै होइन । समानुपातिक निर्वाचन पनि सँगसँगै हुने भएको हुनाले समानुपातिकको मतमा प्रतिनिधिसभामा पनि कलम छाप, प्रदेशसभामा पनि कलम छाप । अनि प्रत्यक्षतर्फ उठेका हाम्रा उम्मेदवारलाई पनि हामीले कलम छापमा भोट खसाल्ने हो । र, चुनावमा विजयी बनाउने हो । अहिले हामीले भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न गर्र्यौं । त्यसमा सवाँ नौं लाख जनताको समर्थन पनि हासिल गर्यौं । अहिले हामी विभिन्न पार्टीहरुसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेका छौँ। यो तालमेल गर्दै अघि बढदै जाने क्रममा नै हामी सिटको बाँडफाँड गर्न चाहिरहेका छौं । त्यो कति सम्भव छ, कति सम्भव छैन भन्ने बारेमा पनि प्रश्न उठेको छ । हामीले सम्भव तुल्याउन चाहिरहेका छौं । त्यसो भएको हुनाले हामी तपाईँहरुबाट के आशा गर्छौं भने सम्पूर्ण पार्टीका कार्यकर्ता साथीहरु, मुक्ति संगठनका हाम्रा सबै नेताहरु, केन्द्रिय सदस्यहरु, तपाईहरुले प्रदेश कमिटी र जिल्ला कमिटी बनाउनु भएको छ भने उनीहरुलाई पनि परिचालन गर्ने काममा लाग्नुहोस् । र, नेपालको राजनीतिमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को हैसियत र सामथ्र्य वृद्धि गर्नका लागि तपाईँहरु सम्पूर्ण रुपमा समर्पित हुनुहोस् । पार्टी तपाईहरुको साथमा छ । तपाई हामी हातेमालो गर्दै नेपाली समाजलाई रुपान्तरण गर्ने काममा जुटौं । ’

त्यस अवसरमा अध्यक्ष नेपालले दलित समूदायमाथि अपहेलना गर्नेहरुलाई पार्टीको सदस्यता नदिने चेतावनी समेत दिनु भयो ।