२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनबीच प्रतिनिधिसभाको आयु नथप्ने सहमति: प्रचण्ड



अ+ अ-

धनगढी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा प्रतिनिधिसभाको आयु नलम्ब्याउनेबारे सहमति भएको बताउनुभएको छ ।

सरकारले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८९ मार्फत प्रतिनिधिसभाको आयु थप्न खोजेको थियो । यसको चौतर्फी आलोचना भएको थियो । निर्वाचन आयोगले समेत सरकारको सो कदमप्रति असहमति जनाइसकेको छ ।

धनगढीमा बोल्दै अध्यक्ष प्रचण्डले आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभाको आयु थप्ने प्रस्ताव फिर्ता हुने जानकारी दिनुभयो ।

“आयु लम्ब्याउन हुँदैन भनेर गठबन्धनमा बसेर छलफल भएको छ । एकदिन पनि यताउता गर्नु हुँदैन”, उहाँले भन्नुभयो, “मंसिर ४ गते चुनाव हुन्छ । मनोनयनपछि संसद् रहँदैन । एकदम क्लियर छ त्यहाँ द्वविधा हुनै पर्दैन ।”

केही प्राविधिक कारणले प्रतिनिधिसभाको समयावधि थप्न खोजिए पनि निर्वाचनअघि द्विविधा पार्न नहुनेमा गठबन्धन दलहरुबीच सहमति भएको उहाँको भनाइ थियो ।