५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक सभामुखद्वारा प्रमाणित, स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाइयो



सभामुख अग्नि सापकोटा नागरिकता विधेयक प्रमाणित गर्दै ।
अ+ अ-

काठमाडौंः प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित नागरिकता विधेयकलाई प्रमाणित गर्नु भएको छ । संविधान अनुसार, सभामुखले प्रमाणित गरेको विधेयक अन्तिम स्वीकृतिका लागि राष्ट्रपति समक्ष प्रस्तुत गरिन्छ ।

सभामुखले प्रमाणित गरेको विधेयक आजै राष्ट्रपति कार्यालय पठाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसदमा फिर्ता भएको नागरिकता विधेयक जस्ताको तस्तै पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको हो ।

संसद सचिवालयका अनुसार, उक्त विधेयक सोमबार ५.३० बजे राष्ट्रपति कार्यालय पठाइएको हो ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधना गर्न बनेको विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएपछि राष्ट्रपति भण्डारीले पुनर्विचार गर्नुपर्ने भन्दै गत साउन २९ गते संसदमा फिर्ता गर्नु भएको थियो ।

राष्ट्रपतिबाट फिर्ता आएको विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाले जस्ताको तस्तै पारित गरेर प्रमाणीकरणका लागि पठाएको हो । संघीय संसद्‍बाट दोस्रोपटक पारित भएर आएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।

तथापि यस विषयमा राष्ट्रपतिले प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेताहरु, पूर्व सैनिक अधिकृतहरु समेतसँग निरन्तर परामर्श गर्नु भएको छ । अब राष्ट्रपतिले विधेयक स्वीकृत गर्नुहुन्छ वा गर्नु हुन्न भन्ने बारेमा स्पष्ट भइसकेको छैन ।