१६ भाद्र २०८३, मंगलवार
,
Latest
काभ्रेका सात स्थानीय तहद्वारा बाढीपीडितका लागि एक करोड बढी सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन मुख्यमन्त्रीद्वारा नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक निरीक्षण चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियताका सवालमा एमाले राप्रपासँग नजिक छ: अध्यक्ष लिङ्देन



file
अ+ अ-

नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आधारभूतरुपमा कसैसँग पनि गठबन्धन नहुने बताउनुभएको छ ।

राप्रपा बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले आवश्यकताअनुसार जिल्ला तहमा अन्य दलसँग तालमेल गरेर जाने नीति लिएको उल्लेख गर्दै राष्ट्रियताका सवालमा नेकपा (एमाले) राप्रपासँग नजिक भएको बताउनुभयो ।

उहाँले तालमेलबाट बढी सिट ल्याउनेभन्दा पनि जनतासँगको सम्बन्धबाट नै बढी सिट ल्याउने अपेक्षा भएको स्पष्ट गर्नुभयो । चुनाव घोषणा भएपछि सबै समान ढङ्गले चुनाव लड्नुपर्नेमा जोड दिँदै उहाँले अहिलेको संसद् विघटन गर्न माग गर्नुभयो ।