११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

प्रदेश सभामा पौडेलको प्रश्नै प्रश्न -एकल अधिकारका कानून बन्न नसकेको दोष कस्लाई दिने ?

प्रदेश सभामा पौडेलको प्रश्नै प्रश्न -एकल अधिकारका कानून बन्न नसकेको दोष कस्लाई दिने ?
अ अ+ अ-

हेटौडा ।  वागमती प्रदेश सभा सदस्य रमेश पौडेलले संघीय सरकारका विगतका विकृतिहरुलाई प्रदेश सरकारले हुबहु अनुशरण गर्ने काम भएको टिप्पणी गर्नुभएको छ ।

सोमवार हेटौडामा आयोजित संघीयता सवलिकरण सम्बन्धी छलफलमा उहाँले विगतमा संघीय सरकारबाट भएका गलत अभ्यासहरुलाई बढाईचढाई अनुशरण गरेका कारण प्रदेशसभाले प्रभावकारी ढंगले काम गर्न नसकेको तर्क गर्नुभएको हो । गलत अभ्यासहरुलाई बढाईचढाई अनुशरण गर्ने गरिएको भन्दै उहाँले संघीय सरकारलाई सबै दोष थोपरेर प्रदेश सरकार जिम्मेबारीबाट उम्कन नमिल्ने तर्क गर्नुभयो ।

पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले अभिव्यक्ति राखे लगत्तै बोल्नुभएका प्रदेशसभा सदस्य रमेश पौडेलले एकल अधिकारका कानून बनाउन किन सकिएन र त्यसका कसले रोक्यो भनि प्रश्न गर्नुभयो । प्रदेश सरकारले प्रदेशसभालाई बिजनेस विहीन बनाएर अध्यादेशबाट सरकार सञ्चालन गर्ने काम गरेको भन्दै उहाँले एकल अधिकाकार भित्रैका २३ वटा कानून किन बन्न सकेनन् ? भनि प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो “प्रदेशसभाले पारित गरेका ६८ वटा कानुनहरु प्रमाणित भइसकेका छन् । त्यसमध्ये ४५ वटा मुल कानून प्रदेशसभाले बनाएको छ । प्रदेशसभाले ९९ वटा कानून बनाउने भनेर पहिचान गरेको थियो । त्यसलाई पुनरावलोकन गरेर ८२ वटा कानून चाहीँ बनाउनैपर्छ भन्ने थियो । त्यसमध्ये अहिले ३७ वटा कानूनहरु बन्न सकेनन् । ३७ वटामा १४ वटा साझा अधिकारसँग सम्बन्धित भएका कारणले बन्न सकेनन् । २३ वटा कानूनहरु एकल अधिकाकर भित्रै भएका कानूनहरु बन्न सकेनन् । यसको दोष कस्लाई लगाउने हो ? हामी केन्द्रले सबै अधिकार राख्यो दिएन भन्छौँ तर २३ वटा कानून बनाउन हामीलाई कसैको छेकबार थिएन र पनि बनाउन सकेनौँ । पिज नहोलमा माकुराको जालो लागिरहेको थियो ।  हामी अरुलाई दोष दिईरहेका छौँ तर हामीले आफ्नो भुमिका कसरी निर्वाह गरिरहेका छौ ? त्यहाँ हेर्नुपर्छ । २०७९ साल साउन ९ गते बाट प्रदेशसरकारले अधिवेशन अन्त्य ग¥यो र अहिलेसम्म प्रदेशसभालाई कुनै काम दिएको छैन । एउटा पनि विधेयक प्रदेशसभामा पेन्डिङ छैन । हामी माथिको बिरोध गर्छौ, प्रतिनिधिसभा त दिनानुदिन चलिरहेको छ । त्यो काम हामीले किन गर्न सकिरहेका छैनौ ? अधिवेशन अन्त्य गर्ने , प्रदेशसभालाई बिजनेस नदिने अनि अध्यादेशबाट सरकार चलाउने । प्रदेशसभा बैठक किन बस्न सकिरहेको छैन ? यसको दोष केपी ओलीलाई दिने ? शेरबहादुर देउवालाई दिने ? प्रचण्डलाई दिने ? ” उहाँले ५ वर्षसम्म पनि काठमाडौं–बल्खु दक्षिणकाली हुँदै हेटौडा पुग्ने सडक बन्न नसकेकोतर्फ पनि तिखो व्यंग्य गर्नुभयो ।

उहाँले भन्नुभयो “बल्खु–दक्षिणकाली हुमाने फाकेल हँुदै हामी आउँछौ । ५ वर्ष अघि र अहिलेको मूल्यांकन गरौ । त्यहाँनेर खाल्डाको आकार पनि बढेको छ । संख्या पनि बढेको छ । हाम्रो अनुहार त्यहाँनेर देखिन्छ । जमेको पानीमा यसो रोकिएर हेरौँ प्रदेशको अनुहार देखिन्छ । ५ वर्ष सम्म ३/३ जना मुख्यमन्त्री परिर्वतन हुँदा हामी त्यती बाटो बनाउन सक्दैनौ ? हामीले ठूला ठूला कुरा गरेर नागरिकले पत्याउँछन् ? ३ वटा सरकार फेरिँदा पनि हामी प्रशासनिक भवन कहाँ बनाउने भनेर जग्गा हेरिहेका छौ । संघीय सरकारका विगतका विकृतिहरुलाई हुबहु र बढाईचढाइ लिने काम भएको छ तर राम्रा काममा प्रदेश सरकारको ध्यान पुगेको छ्रैन । ”

उहाँले संघीयतालाई सवलीकरण बनाउन प्रदेश मन्त्रालयको संख्या ७ मा सिमित बनाउनुपर्ने, सांसद विकास कोष खारेज गर्नुपर्ने, प्रदेश नीति तथा योजना आयोगमा दक्ष व्यक्तिलाई नियुक्ति गर्नुपर्ने, विकास आयोजनाको छनौट आयोगमार्फत गर्नुपर्ने, परियोजना बैंकको अवधारणालाई पूर्ण रुपमा लागू गर्नुपर्ने, ५० लाख र त्यो भन्दा माथिको योजनाहरुमा मात्रै प्रदेशले हात हाल्नुपर्ने लगायत सुझाव पनि दिनुभयो ।

प्रदेशसभा सदस्य पौडेलले प्रदेससभाले बनाएका ऐनबारे नागरिक तहमा जानकारी पुग्न नसककेकाले संसदमा पेस भएका विधेयकहरुलाई सार्वजनिक वहसमा ल्याउनुपर्ने, संसद र समितिका गतिविधिहरुलाई पनि आमनागकिरलाई जानकारी दिने गरी सार्वजकि र पारदर्शी बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले तात्कालिन राजा ज्ञानेन्द्रका क्रियाकलाप र त्यसले निम्त्याएको परिस्थितिबाट पाठ सिकेर प्रदेशमा भएको बेथितिहरुलाई सच्याएर अघि जान प्रदेश मुख्यमन्त्रीलाई सचेत गराउनु भयो ।