२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिङ्देनले उच्च नैतिकता देखाए, देउवाले सम्बोधन गरुन : चन्द्र भण्डारी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीले प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गरेको सम्बोधन र नैतिकताको प्रश्नलाई प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा नेता भण्डारीले प्रधानमन्त्री देउवाले प्रजातान्त्रिक प्रणालीको सम्मान गर्नु राम्रो पक्ष हुने बताउनुभएको छ । प्रजातन्त्रको सुन्दर पक्ष नै नैतिक मूल्यल्यमान्यतालाई बलियो बनाउने हो भन्दै उहाँले प्रजातन्त्रको पराजय नै व्यवस्थामाथिको प्रश्न भएको बताउनुभयो ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा राप्रपा अध्यक्ष लिङ्देनले आगामी मंसिर ४ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन घोषणा भइसकेपछि पनि प्रतिनिधिसभालाई आगामी मंसिर ४ गतेसम्म लम्ब्याउने कुरा आएपछि आफूलाई लज्जाबोध भएकाले सांसद पदबाट राजीनामा घोषणा गर्नुभएको थियो ।

“यस्तो अनैतिक काममा सहभागी हुन मेरो अन्तरआत्माले मानेन”, उहाँले भन्नुभएको थियो, “संसदबाट प्राप्त हुने तलब भत्ता र सुविधा सबै त्याग गर्न म आज सदनमा उपस्थित भएको छु, यहीँबाट म आजदेखि सांसदका रुपमा यहाँ उपस्थित हुने छैन ।”




भर्खरै