२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारले स्थानीय तहमा अधिकार दिन चाहेनः पूर्व मुख्यमन्त्री पौडेल



file
अ+ अ-

काठमाडौँ । वागमती प्रदेशका पूर्व मुख्यमन्त्री ले संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।

प्रदेश राजधानी हेटौँडामा सोमवार भएको संघीयता सवलिकरण सम्बन्धी छलफलमा बोल्दै उहाँले संघीय सरकारको मानसिकतामा परिवर्तन नभएसम्म प्रदेश र स्थानीय सरकारका कामकारवाही प्रभावकारी बन्न नसक्ने बताउनुभएको हो । संघीय सरकारका कारण प्रदेश सरकारले आफ्नो कामको प्रदर्शनलाई देखाउन नसकेको गुनासो गर्नुभयो । उहाँले संघीय सरकार नै प्रदेश र स्थानीय सरकारलाई सवल बनाउन नचाहिरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो ‘समस्या माथि छ । सिंहदरबार अधिकार दिन चाहँदैन । सिंहदरबारकै कारणले आज संघीयतामाथि प्रश्न उठ्ने गरेको छ । हामीमाथि सिंहदरबारमा बस्ने कार्यालय सहयोेगी ठूलो हुन्छ । तर प्रदेश स्थानीय तहका सचिव केही पनि होइनन् भन्ने मानसिकताले काम गरेको छ । सिंहदरबार अनि प्रदेशले काम गर्न सकेन भनेर आलोचना भइरहैको छ । संविधानमा भएको एकल अधिकार स्थानीय र प्रदेश सरकारले पाइरहेको छैन । सरकारले कानून बनाउँदैन । कानून नबनाईकन काम गर्न पाउँदैनौँ । प्रदेश सरकार र स्थानीय सरकारले कानून बनायो भनेपनि संघीय सरकारले कानून नबनाईकन लागू पनि हुँदैन र संघीय सरकारले बनाएको कानूनसँग बाझियो भने स्वतः खारेज हुन्छ । यो अवस्थामा हामी छौँ । यो किन भइरहैको छ त भन्दा संघीय सरकार मुलतः स्थानीय र प्रदेश सरकारलाई बलियो बनाउन चाहिरहेको छैन ।’

उहाँले संघीय सरकारले प्रदेश र स्थानीय सरकारको हात बाँधेर राखेको दाबी गर्नुभयो । संघीयता आउने बित्तिकै दिल्लिका केजरीवालले जस्तो काम गर्नुपर्ने मानसिकता राखिएको उल्लेख गर्दै उहाँले दिल्लीको जस्तो अधिकार नेपालको प्रदेश सरकारलाई संघ सरकारलै दिएको छ कि छैन भन्ने मूल्यांकन गर्ने काम नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो ‘दिल्लीको केजरीवालले जस्तो काम गर्नुपर्छ भन्ने हाम्रो मानसिकता छ तर त्यसका लागि हामीसँग कति अधिकार छ भन्ने विश्लेषण गर्दैनौँ ।’ उहाँले संघीयता प्रणाली आफैँमा नकारात्मक नभएको तर केही बुद्धिजीवीले नकारात्मक प्रचार गर्ने काम भएको आरोप लगाउनु भयो । उहाँले संघीयता बलियो बनाउन के कस्ता बाधाहरु छन् भन्ने बारेमा मात्रै छलफल चलेको बताउनु भयो ।

पूर्व मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले विकास निर्माणको काममा अहिलेसम्म नभएका काम गरेको ठोकुवा गर्नुभयो ।




भर्खरै