२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकलाई रुपान्तरण गर्न निर्वाचन लगत्तै सडक संघर्षमा जाने अध्यक्ष दाहालको घोषणा



file
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लगत्तै आफू सडक संघर्षमा जाने घोषणा गर्नु भएको छ ।

निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै मुलुकलाई रुपान्तरण गर्न आफू निर्वाचनपछि लगत्तै सडक संघर्षमा जाने उहाँको भनाई थियो । आईतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रहार भएकाले आफू सबैभन्दा बढि छटपटीमा परेको र त्यसको निकासका लागि निर्वाचन लगत्तै आफू र आफ्नो नेतृत्वमा सडक आन्दोलनमा जाने योजना आफूले पार्टीभित्र तय गरिसकेको पनि बताउनु भयो ।

अध्यक्ष दाहालले समाजवादको यात्रालाई सुनिश्चित गर्नका लागि आफूले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता गरेको तर त्यो टिक्न नसकेको पनि स्मरण गराउनु भयो । उहाँले एक वर्ष भित्र मुलुकमा आफू नेतृत्वको सडक संघर्ष हुने र त्यसले मुलुकमा विद्यमान शासन प्रणाली र निर्वाचन प्रणालीमा सुधार ल्याई राजनीति क्षेत्रमा देखिएका सबै विकृति र विसंगतिको अन्त्य हुने दावी समेत गर्नु भयो । त्यसका लागि कम्युनिष्ट पार्टीहरुबीच एकता गरेर अघि बढने अध्यक्ष दाहालको भनाई थियो ।

उहाँले भन्नु भयो, ‘कम्युनिष्टहरुलाई एक ठाउँमा राख्ने, बलियो शक्ति निर्माण गर्ने । संविधानले समाजवादको यात्रातर्फ जाने परिकल्पना मात्रै गरेको छ । साँच्चै समाजवादको ठोस भिजन र कार्ययोजनासहित उत्पादन वृद्धि, श्रम र सांस्कृतिक रुपान्तरण स्थानीय तहैदेखि एउटा नयाँ आन्दोलन सृष्टि गर्ने उद्देश्य मेरो दिमागमा थियो । मैले जतिखेर माओवादी केन्द्रको अध्यक्षको हैसियतले एमालेका अध्यक्ष केपी ओलीजीसँग बाम गठबन्धन गरौं, कम्युनिष्ट एकता गरौं, देशमा बामपन्थी जनमत धेरै ठूलो छ । हामीले देशमा राजनीतिक स्थायित्व पनि र समाजको महानयात्रातिर जान सकिन्छ । अव बौद्ध भिक्षु रहेसम्म घण्टी बजाउने हिसावले कहीँ पनि पुग्दैनौं । हामी छोडदिउ आग्रह पूर्वाग्रह, हाम फालौं एकचोटी मैले नै भनेको हो । त्यो अरुले भनेको होईन । मैले निरन्तरतामा क्रमभंगता गर्नकै लागि त्यो भनेको हो । तर, त्यो सफल भएन । सफल हुन दिइएन । धेरै कारणहरु छन । त्यत्तापटि जान्न म अहिले । हामी कहाँ जस्तो मिसिनरी छ । त्यो मिसिनले उत्पादन गर्ने बस्तु मेसिन अनुसारकै हुन्छ । मेसिन बेठिक राख्ने र त्यसबाट उत्पादित बस्तु राम्रो खोज्ने हो भने त्यो हुन सक्दैन । समस्या मेसिनमा छ । तपाई अहिलेको निर्वाचन प्रणालीलाई कायमै राख्ने, अनि बडो भ्रष्टाचारमुक्त विकृति मुक्त समाज निर्माण गर्ने कुरा गर्नु भयो भने त्यो सम्भव छैन । तपाईले निर्वाचन प्रणाली बदल्नै पर्छ । यो मेसिनरीले पार्टी नेताहरुलाई पनि भ्रष्टिकरणको बाटोमा पु¥याउँछ । चुनाव जित्न पैसा चाहिन्छ । पैसा दलाल पुजिपतिसँग हुन्छ । मुलुकलाई अघि बढाउन कार्यकारी अधिकारसहित प्रत्यक्ष निर्वाचित शासन प्रणाली हुुनुपर्दछ । अहिले त चुनाव आईनै सक्यो । प्रदेश र संघको निर्वाचनको संघारमा छौं हामी । अहिले सबैभन्दा बढि छटपटी र चिन्तित पनि म छु । संघीयता र गणतन्त्रमाथि जसरी प्रहार भईराखेको छ । विभिन्न नाम र कोणबाट यो परिवर्तनलाई निस्तेज पार्ने र यो परिवर्तनको नेतृत्व गर्ने आफ्नो पार्टी र नेतृत्वलाई निस्तेज गर्ने जो चलिराखेको छ । हेर्नुहोला–चुनावपछि म यो प्रणाली बदल्नका लागि सडकमा जान्छु । सडकबाट मात्रै समाजवादको परिकल्पना जो संविधानमा गर्न खोजेको हो । मैले कम्युनिष्ट पार्टी एकता गर्दा पनि समाजवादतिर लैजाने कुरा गरेको छु । त्यसलाई प्राप्त गर्न अव एकचोटी फेरी र यो मेशिनरी बदल्नका लागि निर्वाचन मेशिनरी र शासन मेशिनरी बदल्नको निम्ति जनतामा जानुको कुनै विकल्प छैन । तपाईहरुले देख्नु भयो–अस्ती चोलेन्द्र शमशेर राणाले संसदीय सुनुवाई समितिमा गएर वयान दिँदा उहाँले भन्नु भयो । म घेराबन्दीमा परे । सडकको घेराबन्दीमा परे भनेर भन्न छोडनु भएको छैन । त्यो सडकको घेराबन्दीको नेतृत्व मैले गरेको हो ।’

अध्यक्ष दाहालले संसद विघटन हुँदा भएको सडक आन्दोलनकै कारण त्यसको पुनस्र्थापना गर्न आफूहरु बाध्य भएको भनेर निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले स्विकार गरेको स्मरण गराउँदै आफूहरु सोही आन्दोलनकै बाटोबाट अघि बढने पटकपटक दोहो¥याउनु भयो ।