१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

७ दिनभित्र कर बुझाउन क्यासिनोलाई महानगरको अल्टिमेटम



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरभित्रका क्यासिनोहरूलाई ७ दिन भित्र कर तिर्न काठमाडौं महानगरपालिकाले म्याद दिएको छ ।

महानगर राजस्व विभागका निर्देशक शिवराज अधिकारीले एक साताको अल्टिमेटम दिएर कर बुझाउन ७ वटा क्यासिनोलाई पत्र काटेका हुन् ।

महानगरले पटक पटक ताकेता गर्दा पनि आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म कर नबुझाएको हुँदा प्रदेश आर्थिक ऐनले तोकेको दररेटमा हालसम्मको बाँकी मनोरञ्जन करको विवरण र सोको नियमानुसार लाग्ने जरिबानासमेत ७ दिनभित्र कर तिर्न अनुरोध गरेको छ । ७ दिनभित्र कर नतिरे महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी बाँकी कर असुलउपर गरिने पत्रमा उल्लेख छ ।

महानगरको ताकेताको बेवास्ता गरेपछि र्‍याडिसन, अन्नपूर्ण, म्यारियट, हायात, सोल्टी, एलफ्ट र मल्ल होटलका क्यासिनोलाई म्यादसहितको पत्र पठाइएको हो ।