• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

निर्वाचनमा भाग नलिने तटस्थ सरकारले निर्वाचन गराउनुपर्छ– प्रेम सुवाल



काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले  प्रतिनिधिसभाको निर्वाचन घोषणासँगै निर्वाचनमा भाग नलिने तटस्थ सरकारको आवश्यकता भएको बताउनुभएको छ ।

आइबारको प्रतिनिधिसभाको बैठकमा उहाँले अहिलेसम्म सरकारबाट निष्पक्ष निर्वाचन भएको अभिलेख नै नभएको दाबी गर्दै निर्वाचनका लागि तटस्थ सरकार आवश्यक हुने बताउनुभयो ।

उहाँले निर्वाचनको मिति घोषणा भइसकेपछि संसद् बैठक सञ्चालन गर्नु निर्वाचन आचारसहिंताको उल्लंघन हो भन्नुभयो । सांसद्को पदावधि निर्वाचन घोषणापछि सकिने उहाँको भनाइ थियो ।