५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा १ बाट विश्वप्रकाश शर्मा र ३ बाट कृष्णप्रसाद सिटौलाको नाम सिफारिस



file photo
अ+ अ-

सुरुङ्गा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस झापाले सबै उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको छ । पाँच निर्वाचन क्षेत्र भएको झापामा तीन निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका लागि एक/एक जनाको मात्रै नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर १ का लागि विश्वप्रकाश शर्मा, क्षेत्र नम्बर ३ मा कृष्णप्रसाद सिटौला र क्षेत्र नम्बर ४ मा देउकुमार थेवेको मात्रै नाम सिफारिस भएको नेपाली कांग्रेसले जनाएको छ । क्षेत्र नम्बर १ मा सिफारिस हुने शर्मा पार्टीको महामन्त्री रहनुभएको छ भने क्षेत्र नम्बर ३ मा सिफारिस हुने सिटौला पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री हुनुहुन्छ । क्षेत्र नम्बर ४ मा सिफारिस हुनुभएका थेवे पार्टी सभापति हुनुहुन्छ । क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि केशवकुमार बुढाथोकी, सरिता प्रसाईं, सुधिरकुमार शिवाकोटी, जलकुमार गुरुङ, छत्रबहादुर गिरी र नवीनराज प्रसार्इंको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ५ मा महेन्द्राकुमारी सुब्बा, डा खगेन्द्रपाण्डव अधिकारी, विश्वदिप लिङ्देन, पदमबहादुर पौडेल र मेदनी प्रसाद सिटौलाको नाम सिफारिस भएको छ । २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसले झापामा कुनै पनि क्षेत्रमा जीत हासिल गर्न सकेको थिएन ।

क्षेत्र नं १ मा सिफारिस हुनुभएका शर्मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार सुरेन्द्र कार्कीसँग पराजित हुनुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच चुनावी तालमेल भएर कार्की निर्वाचित हुनुभएको थियो । क्षेत्र नं ३ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्नुभएका सिटौलालाई राप्रपाका तर्फबाट उम्मेदवार बन्नुभएका राजेन्द्र लिङ्देनले पराजित गर्नुभएको थियो । क्षेत्र नम्बर ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राप्रपाबीच चुनावी तालमेल भएको थियो । चुनावी तालमेलका कारण लिङ्देन प्रतिनिधिसभामा सिटौलालाई पराजित गर्दै निर्वाचित हुनुभएको थियो ।

प्रतिनिधिसभाको समानुपातिक, प्रदेशसभा प्रत्यक्ष तथा समानुपातिकतर्फ सबैको नाम सिफारिस गरिएको नेपाली कांग्रेस झापाका सभापति थेवेले बताउनुभयो ।




भर्खरै