• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   एमाले पोखरा महानगरको अध्यक्षमा जीवन आचार्य निर्वाचित ★   डिशहोम फाईबरनेटले ल्यायो इन्टरनेट र डिटीएच ग्राहकहरुका लागि विशेष ‘स्मार्ट अफर’ ★   आगामी आर्थिक वर्षको मौद्रिक नीति लचिलो ल्याउँछौं: गभर्नर अधिकारी ★   निर्देशक सुदर्शन थापा पक्राउ ★   जब विद्यार्थी संसदीय अभ्यास बुझ्न दर्शक–दीर्घामा पुगे… ★   ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित ★   पसिना–पसिना हुँदै चोर्न गएको चोर एसीको हावामा मस्त निदाए, प्रहरीले उठाउँदा पनि उठेनन् ★   यूएन पार्क–कुपण्डोल खण्डको पिच सडकबाट सारियो बत्तीको पोल ★   सुशान्त सिंह राजपुतको घरमा सरिन् अदा शर्मा ★   हुलाकी सडक: अङ्कुराउँदै छन् समृद्धिका सपना

चिनियाँ राष्ट्रि जन कांग्रेस स्थायी समितिका अध्यक्ष झान्सु नेपाल आउँदै



काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सुले यही भदौ २७ गतेदेखि भदौ ३० गतेसम्म नेपाल भ्रमण गर्ने हुनुभएको छ ।

पराराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी सभामुख सापकोटा र झान्सुले भदौ २७ गते प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । सोही साँझ सभामुखले अध्यक्ष झान्सु र उहाँको प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा रात्रिभोजको आयोजना गर्नु हुनेछ ।

नेपालमा रहँदा ली झान्सुले भदौ २९ गते राष्ट्रपति विद्यादेवी भण्डारी र भदौ २६ गते प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुने मन्त्रालयले जनाएको छ ।

सोही दिन झान्सुले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा परराष्ट्रमन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेट गर्नु हुनेछ ।

नेपाल भ्रमणमा रहेका राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्षसँग भदौ २७ गते पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ ।