२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजामति सेवा ऐन रुपान्तरित बनाएर ल्याउनेमा सरकार गम्भीर छ: प्रधानमन्त्री देउवा



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामति सेवा ऐन रुपान्तरित बनाएर ल्याउनेमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।

आईतवार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस एवं पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारी कार्यलयहरुमा अझैपनि नागरिकमैत्री काम हुन नसकेको भन्दै यसलाई तत्काल सुधार गरी जनतालाई बिना कुनै झन्झट चुस्त सार्वजनिक सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । उहाँले निजामति सेवामा भ्रष्टाचार, अनियमितता हुन नदिन सम्बन्धित निकायले थप सक्रियताका साथ काम गर्न आवश्यक रहकेो औंल्याउनु भयो ।

प्रधानमन्त्री देउवाले स्वस्थ, नतिजामुखी प्रशासन हुनुपर्ने भन्दै उहाँले निजामति कर्मचारीहरुले विभिन्न समयमा भएका आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण भुमिका खेलेको पनि स्मरण गर्नुभयो । उहाँले सरकारका कर्मचारी कुनै राजनीतिक दल विशेष हुनु नहुने भन्दै कार्यालयको कार्य सम्पादनमा कुनैपनि राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर प्रचलित कानूनको पूर्ण पालना गर्दै आफ्नो भुमिका निभाउन पनि निजामति कर्मचारीहरुलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री देउवाले मुलुकमा राजनीतिक संघीयता सफलतापूर्वक कार्यान्वयनमा आइसकेको भएपनि यससँग तादम्य कायम हुने गरेर प्रशासनिक संघीयतालाई mव्यवस्थापन गर्ने थप कार्यहरु गर्नुपर्ने स्थिति रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कोभिड १९ को महामारी, हालैको डेंगु रोगको प्रकोप, बाढी पहिरो, लगायतका प्राकृतिक विपद्को समयमा उद्धारमा लाग्न र पुनस्र्थापनाका लागि कर्मचारीहरुले सेवामा देखाएको दृढता प्रशंसनीय छ । तर यसमै सन्तोष गरेर अघि बढ्नुपर्ने छुट हामीलाई छैन । सरकारी कार्यलय अझैपनि सुस्त गर्ने, नागरिकमैत्री हुन सकेको छैन । यसमा तत्काल सुधार गरी जनतालाई बिना कुनै झन्झट चुस्त सार्वजनिक सेवा प्रवाह गर्न सबै विभागीय मन्त्रीज्यूहरु र सचिवजीहरुलाई निर्देशन दिन चाहन्छु । निजामति सेवामा भ्रष्टाचार अनियमितता हुन नदिन सबै सम्बन्धित निकायले थप सक्रियताका साथ काम गर्न आग्रह गर्दछु । स्वस्थ, नतिजामुखी प्रशासन हुनुपर्छ । निजामति कर्मचारीहरुले विभिन्न समयमा भएका आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण भुमिका खेलेको छ । कार्यालयको कार्य सम्पादनमा कुनैपनि राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर प्रचलित कानूनको पूर्ण पालना गर्दै आफ्नो भुमिका निभाउन आग्रह गर्दछु । सरकारका कर्मचारी कुनै राजनीतिक दल विशेष हुनु हुँदैन । मुलुकमा राजनीतिक संघीयता सफलतापूर्वक कार्यान्वयनमा आइसकेको भएपनि योसँग तादम्य कायम हुने गरेर प्रशासनिक संघीयतालाई व्यवस्थापन गर्ने थप कार्यहरु र्गाुपर्ने स्थिति छ । नयाँ संघीय निजामति सेवा ऐनको सन्दर्भमा निजामति कर्मचारी युनियन लगायतले दिएको सुझावका विषयमा म जानकार छु । संघीय निजामति सेवा ऐन जारी गर्ने क्रममा प्राप्त सुझावलाई समावेश गरी समय सापेक्ष गर्ने प्रयास हुनेछ । साथै सरोकारवाला कर्मचारी र विज्ञहरुसँग छलफल एवं परामर्श गरेर संघीय निजामति सेवा ऐन ल्याउने र रुपान्तरित बनाउनेमा सरकारको ध्यान केन्द्रित छ ।’

प्रधानमन्त्री देउवाले नयाँ संघीय निजामति सेवा ऐनको सन्दर्भमा निजामति कर्मचारी युनियन लगायतले दिएको सुझावका विषयमा आफू जानकार रहेको र संघीय निजामति सेवा ऐन जारी गर्ने क्रममा प्राप्त सुझावलाई समावेश गरी समय सापेक्ष गर्ने प्रयास हुने प्रतिवद्धता जनाउनु भयो ।