२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो तहका नेताहरु ओलीको पाउमा लम्पसार परे : माधवकुमार नेपाल



अ+ अ-

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दल दर्तापछि मात्र वार्ता हुने बताएका छन् । सोमबार आफू निकट केन्द्रीय सदस्य र सांसदहरुको बैठकलाई सम्बोधन गर्दै नेपालले अब एमाले एकताका लागि वार्ता दुई फरक दलका रुपमा मात्र हुने बताएका हुन् । 

अब सबैभन्दा पनि नेकपा (एकीकृत समाजवादी) दर्ता अनिमात्र एमालेसँग वार्ता । अब एकता भयो भने भोलि कुनै विन्दूमा दुई पार्टीबीच हुन्छ तर एमाले एकताको च्याप्टर क्लोज भयो, नेपालको भनाइ उदृत गर्दै एक नेताले भने ।

नेता नेपालले दोस्रो तहका नेताहरु ओलीको पाउमा लम्पसार परेको आरोप लगाए । भीम रावल, घनश्याम भुसाल लगायतका दोस्रो तहले हिजो आफूलाई साथ दिएका नेताहरु पनि दल दर्तामा संख्या पुग्न नदिन सक्रिय रहेको नेपालको भनाइ थियो ।

१० बुँदे सहमति जालझेलमात्र थियो भन्दै नेपालले दश बुँदे कार्यन्वयन गर्ने कुरा नेकपा (एकीकृत समाजवादी) दर्ता हुन नदिने अन्तिम अस्त्र भएकाले त्यस्ता जालझेलमा नपर्ने र ठूलो पार्टी बनाउने बताए । उनले अब वार्ता भए पनि दल दर्ता भएपछिमात्र सम्भव रहेको बताए ।

नेपाल समूहको बैठकमा एमालेका ६० जना केन्द्रीय सदस्य र २६ जना सांसद सहभागी भएको उनीहरुको दावी छ । पार्टीको विधान लगायतका विषयमा छलफल गरेर निर्वाचन आयोगमा सनाखतका लागि जाने बेलासम्म नेताहरुलाई रिसोर्टमा राखिनेछ ।