२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो तहका नेताहरु ओलीको पाउमा लम्पसार परे : माधवकुमार नेपाल



अ+ अ-

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दल दर्तापछि मात्र वार्ता हुने बताएका छन् । सोमबार आफू निकट केन्द्रीय सदस्य र सांसदहरुको बैठकलाई सम्बोधन गर्दै नेपालले अब एमाले एकताका लागि वार्ता दुई फरक दलका रुपमा मात्र हुने बताएका हुन् । 

अब सबैभन्दा पनि नेकपा (एकीकृत समाजवादी) दर्ता अनिमात्र एमालेसँग वार्ता । अब एकता भयो भने भोलि कुनै विन्दूमा दुई पार्टीबीच हुन्छ तर एमाले एकताको च्याप्टर क्लोज भयो, नेपालको भनाइ उदृत गर्दै एक नेताले भने ।

नेता नेपालले दोस्रो तहका नेताहरु ओलीको पाउमा लम्पसार परेको आरोप लगाए । भीम रावल, घनश्याम भुसाल लगायतका दोस्रो तहले हिजो आफूलाई साथ दिएका नेताहरु पनि दल दर्तामा संख्या पुग्न नदिन सक्रिय रहेको नेपालको भनाइ थियो ।

१० बुँदे सहमति जालझेलमात्र थियो भन्दै नेपालले दश बुँदे कार्यन्वयन गर्ने कुरा नेकपा (एकीकृत समाजवादी) दर्ता हुन नदिने अन्तिम अस्त्र भएकाले त्यस्ता जालझेलमा नपर्ने र ठूलो पार्टी बनाउने बताए । उनले अब वार्ता भए पनि दल दर्ता भएपछिमात्र सम्भव रहेको बताए ।

नेपाल समूहको बैठकमा एमालेका ६० जना केन्द्रीय सदस्य र २६ जना सांसद सहभागी भएको उनीहरुको दावी छ । पार्टीको विधान लगायतका विषयमा छलफल गरेर निर्वाचन आयोगमा सनाखतका लागि जाने बेलासम्म नेताहरुलाई रिसोर्टमा राखिनेछ ।