२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिट बाँडफाँटबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दलको एक घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । आगामी निर्वाचनमा सत्तारुढ दलबीच सिट बाँडफाँटलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा दुवै नेताबीच आज बिहान ९ बजेदेखि छलफल भएको हो ।

सत्ता गठबन्धनबीच चुनावी तालमेल गरेर अगाडि बढ्ने निर्णय भएसँगै दुवै नेताबीच सिट बाँडफाँटलाई लिएर छलफल भएको जनाइएको छ । आजै बेलुका सत्ता गठबन्धनबीच पनि छलफल हुने बताइएको छ ।

अपराह्न ३ बजे सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच सिट बाँडफाँटबारे छलफल हुनेछ । सो छलफल अघि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच छलफल भएको हो ।

आगामी प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनका लागि नेपाली कांग्रेसले १०० सिट पाउनुपर्ने माग गर्दै आएको छ । यद्यपि सो संख्या घट्ने अनुमान गरिएको छ ।

सत्ता गठबन्धनका पाँच वटै दलले आफूले माग गर्दै आएको सिट संख्याबाट केही घटेर सिट बाँडफाँट टुंग्याउने बताइएको छ ।