९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

सुदूरपश्चिममा धुमधामसँग गौरा पर्व मनाइँदै

सुदूरपश्चिममा धुमधामसँग गौरा पर्व मनाइँदै
अ अ+ अ-

महेन्द्रनगर । सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व धुमधामका साथै मनाइँदै छ । सुदूरपश्चिमका पहाडी जिल्लादेखि तराईको कैलाली र कञ्चनपुरमा यतिबेला गौराको रौनकता छाएको छ ।

प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान शिवकी अर्धाङ्गिीनी शक्तिस्वरुपा पार्वती ९गौरी०लाई गौरा देवीको रुपमा पूजा अर्चना गरिँदै आएको छ । शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा हो । डोट्याली लोकसाहित्यमा विद्यावारिधी गरिरहनुभएका महेन्द्रनगरका साहित्यकार कविराज भट्ट भाद्र शुक्ल पक्ष पञ्चमीदेखी सुरु हुने गौरा पर्व परम्परागत रिती अनुसार मनाइने गरेको बताउनुहुन्छ ।

बिबाहित नारीले आफ्नो परम्पराअनुसार पुरुषजस्तै यज्ञोपवित्रताका रुपमा दुबधागो लगाउने चलन यस क्षेत्रमा रहेको छ । नारीले पुरुषजस्तै यज्ञोपवित्रताका रुपमा दुबधागो लगाउने र त्यसमै लक्ष्मीको वैदिक मन्त्र जप्ने गरिएको उहाँले बताउनुभयो । “गौराको पूजा अर्चनाले विशेष गरी श्रीमान् तथा घरपरिवारका सदस्यहरु निरोगी, दीर्घायु हुने, परिवारमा सुख समृद्धि हुने जनविश्वास छ”, भट्टले भन्नुभयो, “गौरामा देउडा खेलेर रमाइलो गरिन्छ ।”

दुर्वाष्ठमीको दिन (आज) गौराको महत्वपूर्ण दिन हो । यसलाई अँठेवाली पनि भन्ने गरिन्छ । यो दिन महिलाले सगुन फागसहित गौरादेवीलाई आँगनमा लगेर राख्छन् । सबै महिला जम्मा भइ अँठेवाली गायनसँगै बिरुडाले गौराको पूजा गर्दछन् । अँठेवालीकै बिचमा प्रसङ्गअनुसार एउटा धर्मकथा प्रस्तुत गरिन्छ । यो कथा सबै महिलाले सुन्ने सुनाउने गर्दछन् ।

त्यसपछि मङ्गल गीत (सगुन, फाग)सहित तामाको ताउलीलाई गाईको गोबर, दुबो र जौँ तिलले सजाउने परम्परा छ । पाँच अन्न बिरुडा (मास, गहत, गहू, कलौं र गुरुस) तामाको भाँडोमा हाली सुगन फाग गायनसँगै गौरा भित्र्याइन्छ । बिरुडालाई देवीको प्रतीकका रुपमा मानी चन्दन, अक्षता, फूल, धुप, दीप, फललगायत चढाएर पूजा गर्ने गरिन्छ । उक्त भिगाएका बिरुडा भएको ताउलीलाई टाउकोमा राखी सगुन, फाग गायनसँगै महिलाहरुले पानीको मूहानमा लगेर सगुन गायनसँगै पाँच पल्ट धुने प्रचलन छ ।

धारामा साँवाधानको गौरादेवीको मूर्ति बनाएर स्थापना गरी बिरुडा तथा चन्दन, अक्षता, पाती, धुप, दीप, फल आदिले पूजा गरी पुनः फाग गायनसँगै घरमा भित्रयाउने चलन छ । सप्तमीको दिन चेलीबेटीले खेतबाट धान, साँवाधान, कुर्जो आदि हालेर रातो कपडा वा घुम्टीमा बेरेर गौराको मूर्ति बनाइ गौरा घरमा ल्याउँछन् । गौरालाई डालोमा राखेर शुद्ध आसनमा स्थापित गरिन्छ । एउटा काठको पिर्कोमा पहेलो कपडा बनाएर महेश्वर पनि स्थापना गरिन्छ ।

भट्टका अनुसार अँठेवालीको दोस्रो दिनदेखि विभिन्न देवालयमा पुरुषको देउडा खेल सुरु हुन्छ । देवीदेवता तथा पौराणिक कथावस्तुमा आधारित ढुस्को, धुमारी, ठाडोखेललगायत प्रस्तुत गरिन्छ । “गौरा विसर्जनलाई गौरा सेलाउने भनिन्छ”, उहाँले भन्नुभयो । गौरा धार्मिक, सामाजिक, सांस्कृतिक, साहित्यिक, पौराणिक, ऐतिहासिक तथा अन्य विविध दृष्टिकोणले महत्व बोकेको पर्व हो ।

गौरा महाकाव्यका लेखक दिलानन्द पन्त गौरा नारीको विषेश पर्व भएको बताउनुहुन्छ । “यो पर्वमा उपासना गरी नारीले गौरीको दुबधागो लगाउँछन । जसरी ब्रतबन्धपछि जनै धारण गरी पुरुष यज्ञोपवित्र हुन्छन्”, उहाँले भन्नुभयो । देउडा गौराको अवसरमा रमाइलोका लागि खेलिने खेल भएको उहाँको भनाइ छ । सप्तमी र अष्टमीलाई गौराका विशेष दिनका रुपमा लिइने गरिन्छ ।

गौरा पर्व मनाउन भारत तथा अन्य मुलुकमा भएका सुदूरपश्चिमेली घर फर्किन्छन् । गौराको अवसरमा कञ्चनपुरको महेन्द्रनगरमा महाकाली साहित्य सङ्गम, खप्तड समाजलगायतले देउडा प्रतियोगिता आयोजना गरेका छन् ।

शेरबहादुर सिंह/ रासस