९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम:आपसी सम्बन्धलाई नजिक बनाउने प्रयास: प्रमुख शाह

जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम:आपसी सम्बन्धलाई नजिक बनाउने प्रयास: प्रमुख शाह
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । महानगर सञ्चालनका प्रचलित कानुनी व्यवस्था र व्यवहारिक अवस्थाको बुझाइमा एकरुपता कायम गर्न काठमाडौँ महानगरपालिकाले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । ‘सहरी सुशासनमा स्थानीय जनप्रतिनिधिको भूमिका विषयक अभिमुखीकरण’ मा नगर सभा सदस्यहरु र विभागीय प्रमुखहरु सहभागी सहभागी हुनुहुन्छ । २ दिने कार्यक्रममा कानुन, प्रशासन तथा वित्तिय व्यवस्थापनका कानुनी तथा व्यवहारिक बुझाइ समेटेर विषयगत प्रस्तुति तथा छलफल हुँदैछ ।

कार्यक्रम सुरु गर्दै महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगर सञ्चालनका प्रचलित कानुन तथा व्यवहारिक अभ्यासका विषयमा सबैको समान बुझाइ हुनुपर्ने धारणा राख्नुभयो । ‘एउटै विषयमा असमान धारणा निर्माण भयो भने त्यसले नतिजा ल्याउन चुनौती सिर्जना गर्छ । काठमाडौँ महानगरमा जनप्रतिनिधिको परिवार ठूलो भएकोले आपसी सम्बन्धलाई आत्मी बनाउन पनि कार्यक्रम आवश्यक छ । त्यसैले अभिमुखीकरण आयोजना गरिएको हो ।’


कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले, कार्यगत एकता र सहभागितामुलक विकास पद्धतिका लागि अभिमुखीकरणले योगदान गर्ने अपेक्षा गर्नुभयो ।
सेवाग्राहीका अपेक्षा महानगरबाट नागरिकमा परावर्तन गराउन जनप्रतिनिधि र कर्मचारीको समान बुझाइमा जोड दिँदै प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयालले, राजस्वमा वृद्धि तथा बेरुजु फस्र्यौटमा प्राप्त भएको उपलब्धीलाई उदाहरणका रुपमा प्रस्तुत गर्नुभयो ।

अभिमुखीकरणमा ‘सहरी सुशासन र जनप्रतिनिधि’, ‘अफिस अटोमेसन र विद्युतीय शासन’, ‘स्थानीय शासन र हाम्रा कानुन (संघ, प्रदेश र स्थानीय)’, ‘सार्वजनिक खरिद प्रक्रिया र कानुनी व्यवस्था’ विषयमा प्रस्तुति भएका थिए । यी विषयमा क्रमशः कृष्णहरि बास्कोटा, रोमकान्त पाण्डे, डा. चन्द्रकान्त ज्ञवाली र सुरेश प्रधानले प्रस्तुतिकरण गर्नुभएको थियो ।

यस्तै डा. पुरुषोत्तम डंगोलले, ‘भवन निर्माण संहिता, भवन मापदण्ड एवम् सार्वजनिक निर्माण विषयमा जान्नै पर्ने कुरा’ विषय प्रस्तुति गर्नुभएको थियो । डिलाराम पन्थीले, ‘स्थानीय तहमा योजना तर्जुमा’ विषयक प्रस्तुति गर्नुभएको थियो ।
त्यस क्रममा जनप्रतिनिधिहरुले सेवा प्रवाह, नागरिकका अपेक्षा र सीमाका विषयमा प्रश्न राख्नुभएको थियो ।