• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

आसिफको शतकीय पारीमा नेपालको सहज जित



काठमाडौं : ओपनर आसिफ शेखको शतकप्रेरित नेपालले घरेलु टोली केन्यासँगको पहिलो एकदिवसीय खेलमा सात विकेटको सहज जित निकालेको छ ।

नौरबीस्थित जिमखाना क्रिकेट मैदान केन्याले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको नेपालले ४७.२ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।

योसँगै नेपालले तीन एक दिवसीय श्रृंखलामा १–० को अग्रता लिएको छ ।

नेपालको जितमा ओपनर आसिफले शतकीय इनिङ खेले ।

आसिफले एक सय २० बलमा १२ चौका र दुई छक्कासहित एक
सय १० रन बनाउने क्रममा बोल्ड हुन पुगेका थिए ।

यसअघि अर्का ओपनर अर्जुन साउदले व्यक्तिगत ६१ रनको साथ दिएका थिए ।  अर्जुनले ९७ बलमा पाँच चौका र एक छक्का प्रहार गरे ।

यसबाहेक, ज्ञानेन्द्र मल्लले २४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी १५ र कप्तान रोहितकुमार पौडेल तीन रनमा अविजित रहे ।

केन्याका रकिब, कोलिन्स र विशिल पटेलले समान एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले ४८.१ ओभरमा सबै विकेट गुमाएर २ सय १८ रन जोड्न सफल भएको थियो ।

केन्याका रकिब पटेल ६७ र कोलिन्स ओबुयाले ६२ रन अर्धशतकीय इनिङ खेलेका थिए ।

घरेलु टिमका इर्फान करिमले ३० रन सचिन भुडियाले २६ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

केन्याको इनिङलाई रोक्ने क्रममा नेपालका सोमपाल कामी र करण केसीले समान तीन/तीन विकेट लिए । यसबाहेक, आदिल अन्सारी र पवन सर्राफले एक–एक विकेट आफ्नो नाममा लेखाए । दोस्रो खेल शनिवार हुनेछ ।

यस अघिको पाँच खेलको ट्वान्टी–२० श्रृंखला नेपालले ३–२ आफ्नो पक्षमा बनाएको थियो ।