९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

हरेक तीजले झस्काउछ बागलुङको रुपा हत्याकाण्ड

हरेक तीजले झस्काउछ बागलुङको रुपा हत्याकाण्ड
बागलुङ
अ अ+ अ-

गलकोट । प्रत्येक तीजमा झस्काउने बागलुङको एउटा विभत्स हत्या तीजपछि सेलाउछ ।

तीज मनाएर फर्किएकी चेलीको दिउँसै मुख्य सडकमा हत्या भएको आठ वर्ष पूरा भएको छ । हत्यारा पत्ता नलाग्दा प्रत्येक तीजमा बागलुङका बासिन्दालाई रुपा गौतम हत्याकाण्डले झस्काइरहन्छ । हत्याका विषयमा तीजका समयमा कुरा उठ्ने गरे पनि तीजसँगै हत्याकाण्ड बिर्सदै गएको छ ।

हरितालिका तीजको अघिल्लो दिन माइत गएर फर्कने क्रममा रुपाको दिउँसै सडकमा आठ वर्षअघि हत्या गरिएको थियो । काठेखोला गाउँपालिका– ६ दोबिल्लाकी ३६ वर्षीया रुपाको हत्या भएको यो तीजसँगै आठ वर्ष पूरा भएको छ । दिउँसै सदरमुकाम नजिकको बीच सडकमा हत्या गर्ने हत्यारा पत्ता नलाग्दा बागलुङका चेलीबेटीलाई तीजमा माइत जाँदा झस्काउनेसमेत गरेको छ ।

तीन वर्षअघि जिल्ला प्रहरी कार्यालयले अनुसन्धानबाट हत्याराको नजिकै पुगेको दाबीसमेत गर्न भ्याएको थियो । अहिलेसम्म हत्यारा पत्ता नलाग्दा प्रहरीलाई नागरिकस्तरबाट हत्यारा कहिले पत्ता लाग्छ भनेर प्रश्न उठ्न छाडेको छैन । जिल्ला प्रहरी कार्यालयमा सरुवा भएर आएका हरेक प्रहरी प्रमुखले हत्यारा पत्ता लगाउन प्रयास गरिरहेको बताउने गरे पनि आठ वर्ष बित्दासमेत हत्यारा पत्ता लाग्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले आफू जिल्लामा आइसकेपछि रुपा हत्याका विषयमा सुक्ष्म अध्ययन तथा अनुसन्धान गरिरहेको बताउनुभयो । “रुपा जस्तै कर्तव्य ज्यानसँग जोडिएको तीन वटा विषयमा अनुसन्धान सफल भइसकेको छ, अहिले पुराना मुद्दालाई फछ्र्योट गर्नेक्रम जारी छ, प्रहरी नायब उपरीक्षकको संयोजनमा अध्ययन गर्न लगाएको छु”, प्रहरी उपरीक्षक ज्ञवालीले भन्नुभयो, “अनुसन्धान जारी नै छ हत्यारा पत्ता नलाग्दासम्म यहाँ पुग्यौँ, त्यहाँ पुग्यो भन्न सकिन्न, म यहाँ रहँदासम्म निस्कर्षमा पुगिन्छ भन्नेमा आशावादी छु ।”

हत्याको मिसिलमै केही जटिलता देखिएकाले हत्यारा पत्ता लाग्न लामो समय लागेको उहाँको भनाइ छ । रुपाको २०७१ भदौ १२ गते तीजको दरखाने दिन माइतबाट घर फर्किने क्रममा बानपा–३ बोक्से खाल्डोस्थित मध्यपहाडी लोकमार्गमा दिउँसै घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । हत्याको प्रभावकारी अनुसन्धान र कारबाहीका लागि महिला अधिकारकर्मी, नागरिक अगुवाले लामो समयदेखि आवाज उठाउँदै आए पनि पछिल्लो समय घटना क्रमशः विर्सदै गएको छ । आठ वर्षअघि दिनदाहाडै एउटा महिलाको विभत्स हत्या भएको घटनाको अहिलेसम्म हत्यारा पत्ता नलाग्नु भनेको लज्जाको विषय भएको महिला अधिकारकर्मी शावित्रा खड्काले बताउनुभयो ।

“हत्या जे जसरी ग¥र्यो दोषीलाई तत्कालै पत्ता लगाउन सकिन्थ्यो, दिउँसै गरेको हत्याको दोषी त्यतिबेला उम्कन आउने अवस्था कसरी सिर्जना भयो भन्ने नै हो, प्रहरी प्रमुखले सुरुको अनुसन्धानलाई दोषी देखाउँदै आएको पाइएको छ”, अधिकारकर्मी खड्काले भन्नुभयो, “ढिलै भए पनि पीडितले न्याय पाउनुपर्दछ, अनुसन्धान जारी राख्न आवश्यक छ तर पछिल्लो समय तीज सकिएसँगै हत्याकाण्ड सेलाउने र पुनःअर्को तीजमा हत्याको विषय उठ्नु दुखद् हो ।” तीजको समयमा नारी माइत जानसमेत सोच्नुपर्ने अवस्थाको हत्याकाण्ड बाहिर नआएसम्म अन्त्य नहुने खड्काको भनाइ छ ।