२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमाले देश निर्माणको अभियानमा लागेको छ– अध्यक्ष ओली



अ+ अ-

मोरङ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय दुई दिने प्रशिक्षण कार्यक्रममा उहाँले लोकतन्त्रको संरक्षण तथा स्वाधीनता र राष्ट्रियहितको रक्षाको साझा अभियान एमालेले लिएको प्रष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले सङ्घीयतालाई व्यवहारमा लागू गनर््, मुलुकमा भ्रष्टाचारको अन्त्य गर्ने, सुशासन र जनतालाई राहत दिने मुख्य जिम्मा पार्टीको रहेको विचार राख्नुभयो । उहाँले मुलुकको विकास, सामाजिक जागरण र समानतामा क्रियाशील रहन पार्टीका कार्यकर्तालाई निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीले राजनीति देश चलाउने र बनाउने विषय भएकाले राष्ट्र निर्माण र सङ्गठन विस्तारमा लाग्न विद्यार्थीलाई आग्रह गर्नुभयो । उहाँले आगामी निर्वाचनमा पहिलोपटक मतदान गर्ने विद्यार्थीलाई राष्ट्रियता, देशभक्ति र देश निर्माण गर्ने पार्टीलाई मतदान गर्नसमेत आग्रह गर्नुभयो । आगामी मङ्सिर ४ गते हुने निर्वाचनबाट मुलुकको निर्माण गर्ने पार्टीका सम्बन्धमा जनताले राष्ट्रिय फैसला दिने उहाँको भनाइ थियो ।

अनेरास्ववियुका प्रदेश संयोजक गोकर्ण घिमिरेको सभापतित्वमा भएको उक्त कार्यक्रममा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेललगायतले सङ्घीयताको सफल कार्यान्वयन गर्न र सुशासन कायम राख्न विद्यार्थीको ठूलो भूमिका हुने धारणा राख्नुभयो ।