५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई एमाले सांसदको प्रश्न- विश्वविद्यालयलाई बन्द बनाएर यो देशलाई कहाँ पुर्याउने हो ?



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद पदम गिरीले प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल विश्वविद्यालयको समस्या समाधान गर्न नलागेको आरोप लगाउनुभएको छ ।

शुक्रवारको प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै सांसद गिरीले त्रिभूवन विश्वविद्यालय अझै पनि बन्द अवस्थामा रहेको बताउनु भयो । नेपाल विद्यार्थी संघले भिसीको कार्यालयमा गएर तोड्फोड गर्ने तथा त्रिवि कार्यकारी समिति बैठकको कागजात खोस्ने लगायतका कामहरु गरिरहेको भन्दै उहाँले दोषी उपर मुद्दा दर्ता समेत हुन नसकेको बताउनु भयो । उहाँले विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखले गरेको रुलिङ अनुसार काम नभएको भन्दै आपत्ति जनाउनुभयो ।

सांसद गिरीले प्रधानमन्त्री र शिक्षामन्त्री विश्वविद्यालय खुलाउनतर्फ नलागेको आरोप लगाउनु भयो । उहाँले प्रधानमन्त्री र शिक्षामन्त्रीलाई विश्वविद्यालय बन्द गराएर देशलाई कहाँ पुर्याउन खोजिएको हो भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखलाई पुनः रुलिङ गर्न अनुरोध पनि गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘आज सम्पूर्ण त्रिभूवन विश्वविद्यालयका पदाधिकारी असुरक्षित भएका छन् । फोन अफ गरेका छन् । घरमा सुत्न नसक्ने अवस्था भयो डरले । छिमेकीकोमा गएर सुत्नुपर्ने अवस्था आएको छ । यस्तो दुरावस्था विश्वविद्यालयभित्र छ । सभामुखलाई पुनः ध्यानाकर्षण गराउन चाहन्छु, सभामुखले १३ गते सरकारको नाममा रुलिङ गर्नुभयो तुरुन्त विश्वविद्यालय खोल्न आवश्यक व्यवस्था मिलाउनु भनेर रुलिङ गर्नुभयो । तर सरकारका प्रमुख प्रधानमन्त्री त्रिभूवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाज्यू, सहकुलपति शिक्षामन्त्रीज्यू उहाँहरु आज विश्वविद्यालय खुलाउनतर्फ लाग्नुभएको छैन । बरु स्वयम सुरक्षा दिनुपर्ने निकायका गृहमन्त्रीज्यू आज त्यही प्रहरी प्रशासन नेविसंघले लगाएको ताला हेरेर बसिरहेको छ । त्यसको सुरक्षा गरिरहेको छ । तर विश्वविद्यालयका पदाधिकारीहरु विश्वविद्यालय आउनसक्ने अवस्था छैन । यसतर्फ फेरि म ध्यानाकर्षण गराउन चाहन्छु । प्रधानमन्त्री, शिक्षामन्त्रीनै स्वयम विश्वविद्यालयलाई बन्द बनाएर यो मुलुक कसरी सञ्चालन गर्न खोज्नुभएको हो ? विश्वविद्यालयलाई बन्द बनाएर यो देशलाई कहाँ पुरेयाउन खोज्नुभएको हो ? यो धेरै गम्भिर विषय छ । यसतर्फ पुनः रुलिङ होस् ।’