२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेपी बगाले राप्रपा प्रजातान्त्रिक विद्यार्थी संगठनको संयोजका मनोनित



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयोजक पदमा जेपी बगालेलाई मनोनयन गर्नुभएको छ ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिअनुसार राप्रपा अध्यक्ष लिङ्देनले पार्टीको विधानबमोजिम गोरखाका बगालेलाई राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयोजकमा मनोनयन गर्नुभएको हो ।

बगालेको नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कार्यसमितिलाई महाधिवेशन गर्ने जिम्मेबारीसमेत दिइएको छ । नयाँ कार्यसमितिलाई आगामी असोज मसान्तसम्ममा संगठनको महाधिवेशन गर्ने जिम्मेवारी दिइएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।