१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश

ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश
अ अ+ अ-

ताप्लेजुङ। साबिक विजेता सलहेश युवा क्लब, सिराहा ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

यहाँ जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको सेमिफाइनलको पहिलो खेलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै सिराहा फाइनलमा प्रवेश गरेको हो । उपाधि नजिक पुगेको सिराहा साबिकको विजेता समूह हो ।

फाइनल प्रवेशका लागि दोस्रो हाफमा निशकुमार श्रेष्ठ र फागुराम थारूले गोल गरेका थिए । सलहेशले सातदोबाटो एफसीलाई ट्राइब्रेकरमा ४-३ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । यता जर्जियन युनाइटेडले ताप्लेजुङ-११ लाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

सेमिफाइनलको अन्तिम खेल बुधबार फिदिम स्पोर्टिङ क्लब र झापा-११ बीच दिउँसो २ः०० बजेपछि हुँदैछ । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको प्रतियोगिता भदौ १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता सदरमुकाम फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा भइरहेको छ ।

आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार प्रतियोगिताको विजेताले रु सात लाख दुई हजार ८३ र उपविजेताले रु तीन लाख ५२ हजार ८३ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिनेछ । रासस