२० भाद्र २०८३, शनिबार
,
Latest
माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको मुथुट फिनकर्प र आइएमईबीच सम्झौता



अ+ अ-

काठमाडौँ । इन्डो नेपाल करिडोरको रेमिटेन्स प्रवद्र्धन गर्ने उद्देश्यले मुथुट फिनकर्प र आइएमईबीच सम्झौता सम्पन्न भएको छ ।

भारतमा बुधबार आयोजित एक कार्यक्रममा मुथुट फिनकर्प लिमिटेडका तर्फबाट सीईओ श्री साजी वर्गीस र आइएमईका तर्फबाट गौतम नैथानीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

उक्त कार्यक्रममा मुथुट फिनकर्पका अध्यक्ष एवम् प्रबन्ध निर्देशक श्री थोमस जोन मुथुट, आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललगायत अन्य वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै मुथुट फिनकर्प लिमिटेडका सीईओ श्री साजी वर्गीसले भारतमा बसोबास र आम्दानी गर्ने नेपाली समुदायलाई उनीहरूको घरदैलोसम्म सेवा प्रदान गर्ने यो एउटा विस्तारित कदम भएको विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै ,आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले मुथुट फिनकर्पसँगको सहकार्य इण्डो नेपाल रेमिटेन्स सेवा विस्तारका लागि महत्त्वपूर्ण हुने धारणा राख्नुभयो ।

यसै अवसरमा बोल्दै आइएमईका श्री गौतम नैथानीले मुथुट फिनकर्प लिमिटेडसँग हात मिलाउँदा इन्डो–नेपाल रेमिटेन्स सेवामा अर्को कोसेढुङ्गा थपिने र ग्राहकहरूले दुवै कम्पनीको फराकिलो नेटवर्कबाट फाइदा लिन सक्ने बताएका छन् ।

नेपाली आप्रवासीहरूले मुथुट फिनकर्प लिमिटेडको ३६०० भन्दा बढी शाखाहरू मध्ये कुनै पनि शाखाबाट नेपालमा रहेका आफ्ना परिवारलाई तत्काल पैसा पठाउन सक्नेछन ।