९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

‘पुष्टि हुने आधार र कारणबिना मलाई साढे छ महिना निलम्बनमा राखियो’

‘पुष्टि हुने आधार र कारणबिना मलाई साढे छ महिना निलम्बनमा राखियो’
अ अ+ अ-

काठमाडौँक् I “संविधान र कानुनको मैले गम्भीर उल्लङ्घन गरेको छैन, आचारसंहिता पनि उल्लङ्घन गरेको छैन”, सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाअभियोग सिफारिस समितिको बैठकमा बयानका क्रममा भन्नुभयो, “महाअभियोगलाई पुष्टि गर्ने आधार र प्रमाण नै छैन, त्योबिना मलाई साढे छ महिना निलम्बनमा राखियो, त्यो गलत छ ।”

सिंहदरबारमा दोस्रो दिन समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टको सभापतित्वमा बसेको बैठकमा सभापति विष्टले गर्नुभएको छैटौँ प्रश्न ‘सर्वोच्च अदालत संविधानको अन्तिम व्याख्याकार हो । न्यायपालिकाको नेतृत्व गर्ने तपाईंको आचारण जिम्मेवारपूर्ण देखिएन नि ? ’ भन्ने प्रश्नमा उहाँले उक्त भनाइ राख्नुभएको हो ।

राणाले संविधानको व्याख्या गर्ने अन्तिम निकाय सर्वोच्च अदालत नै भएकोमा दुई मत नभएको तर आफू शक्ति सन्तुलनको विषयमा नचुकेको दावी गर्नुभयो । “ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले शक्ति सन्तुलन कायम गर्न कहाँनेर सकेन रु,” प्रश्नको शैलीमा उहाँले भन्नुभयो, “न्यायपालिकाको नेतृत्व गर्न नसकेको भन्ने महाअभियोगको प्रस्तावमा देखियो, यसमा केही आधार नै छैन ।” उहाँले संविधान र स्वतन्त्र न्यायपालिकाले दिएको जिम्मेवारी आफूले पूरा गरेको भन्दै थप्नुभयो, “मैले संविधान र स्वतन्त्र न्यायपालिकाले दिएको जिम्मेवारी कहाँ पूरा गरिन ? जस्ले आरोप लगाउनुभएको छ, निष्पक्ष ढङ्गले कसरी न्याय दिन सक्नुहुन्छ ?”

निलम्बित प्रधानन्यायाधीश राणाले पटक पटक आफूलाई महाअभियोग लगाउनुपर्ने कुनै आधार र कारण नभएको उल्लेख गर्दै भन्नुभयो, “कुनै वस्तुनिष्ट कारणबिना महाअभियोग लगाउन मिल्छ र ? महाअभियोग लगाउन पुष्टि हुने आधार र कारण छैन ।” उहाँले नेपाल बार एशोसिएशनले आन्दोलनका क्रममा महाअभियोग लगाउनुपर्ने २१ बुँदे कारणकै विषयलाई लिएर संसद्मा महाअभियोगको दर्ता भएको दावी गर्नुभयो ।

समितिका सदस्य लालबाबु पण्डितले सोही विषयमा प्रश्न गर्नुभयो, “बारले जुन बुँदा अघि सा¥यो । त्यही बुँदालाई लिएर माननीयले हस्तक्षर गरेर महाअभियोग दर्ता गर्नुभयो भन्नुभयो । त्यो विषय पनि गम्भीर छ । अर्को न्यायाधीश र बारले संविधान र कानुनले बर्जित गरेका काम गरेको कुरा पनि भन्नुभयो । ती व्यक्तिलाई दण्डित गर्ने विषयमा धारणा के छ रु”

उत्तरमा राणाले भन्नुभयो, “म पनि १८ वर्ष बारको सदस्य भएर काम गरेको हुँ, बारको हकमा पनि न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको प्रतिवेदन सार्वजनिक भएको छ”, उहाँले भन्नुभयो, “त्यो सुझावमा फेरि नेपाल बार र सर्वोच्च बारको अध्यक्षहरु पनि हुनुहुन्थ्यो, त्यो तपाईहरुले हेर्न सक्नुहुन्छ ।”

नेपाल बार एशोसिएशनले न्यायालयको शुद्धीकरणको विषयमा गत कात्तिक ७ गतेदेखि आन्दोलन सञ्चालन गरेको थियो भने ८ गते सर्वोच्च बार एशोसिएशनले प्रधानन्यायाधीशले निकास दिनुपर्ने कुरा उठाएको थियो । कात्तिक ९ गते सर्वोच्च अदालतका न्यायाधीशहरुले नै निकास दिदा उपयुक्त हुन्छ भन्ने सुझाव दिनुभएको थियो ।

न्यायाधीशले गर्ने व्यवहार र आचरणका बारेमा बेलाबेला प्रश्न उठने गरेको विषयमा उहाँले भन्नुभयो, “न्याय परिषद् छ, त्यसले अध्ययन गर्छ, न्याय परिषद् ऐनमा एउटा गल्ती देखाएर सचेत गराउने र अर्को अवकाश नै दिने छ ।”

समितिका सदस्य मीन विश्वकर्माको ‘ललिता निवासको जग्गाको मुद्दामा बारम्बार किन न्यायाधीश परिवर्तन गर्नुभयो ? यत्रो ठूलो मुद्दामा लापर्बाही गर्नु त्रुटि होइन र? ’ भन्ने प्रश्नमा निलम्बित प्रधानन्यायाधीश राणाले गत कात्तिक १५ गते फैसला सुनाउने तयारी गरेको र सोही विषयलाई लिएर आफूलाई महाअभियोग लगाएको दावी गर्नुभयो। । “अदालतमा आन्दोलन कात्तिक ७ गतेबाट सुरु भयो, त्यस्ले गर्दा कात्तिक १५ गते फैसला सुनाउने काम हुन सकेन”, उहाँले थप्नुभयो, “आफ्नो नाताभित्र पर्ने व्यक्तिले मुद्दा हेर्न नमिल्ने भएर पछि स-यो, मैले लम्व्याएको होइन, फैसला सुनाउने भन्दाभन्दै महाअभियोगको कुरा आयो ।”

निलम्बित प्रधानन्यायाधीश राणाको समितिमा बयान दिने काम सकिएको छैन । कूल ४३ प्रश्नमा हिजाे सम्म जम्मा छ वटा मात्र प्रश्न सोधिएको छ । थप बयान यही भदौ १९ गते हुनेछ ।

उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले उहाँलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गर्नुभएको थियोे । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे ।

राणाविरूद्ध नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ ।(((