• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo

महानगरको अल्टिमेटमपछि फनपार्कले तिर्‍यो कर



काठमाडौं । काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटमपछि फनपार्कले कर तिरेको छ ।

काठमाडौं महानगरपालिकाले हिजो २४ घण्टे अल्टिमेटम दिएर पत्र काटेपछि आज फनपार्कले महानगरलाई १७ लाख ३७ हजार मनोरञ्जन कर बुझाएको हो ।

फनपार्कले सञ्चालनमा आएको ७ वर्षपछि पहिलो पटक महानगरलाई कर तिरेको हो ।