२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋषिपञ्चमीः देशभरका ऋषि मन्दिरहरुमा भक्तजनको भिड (फोटोसहित)



अ+ अ-

काठमाडौं । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीको दिन मनाइने ऋषि पञ्चर्मी पर्व यस वर्ष पनि सप्त ऋषिहरुको पूजा आराधना गरेर मनाइँदै छ ।

आज ऋषि पञ्चमकीको अवसरमा काठमाडौंको ऋषेश्वर, मैतीदेवी, घट्टेकुलो, मुलपानी लगायत देशभरका विभिन्न स्थानमा रहेका देवीदेवताको मन्दिरमा गइ सप्तऋषिहरुको पूजा गरेर ऋषि पञ्चमी पर्व मनाइन्छ । काठमाडौंको मैतीदेवी र घट्टेकुलोस्थित गणेश मन्दिरमा पनि व्रतालु महिलाहरुको भीड लागेको छ ।

महिलाहरुले रजश्वला भएको बेलामा अन्जानमा गरेका गल्तीको पाप नलागोस् भन्ने मनशायले सप्त ऋषिसहित वशिष्ठ पत्नी अरुन्धतीको पूजा गर्ने परम्परा छ । सप्त ऋषिहरुको व्रतोपासनपछि रजश्वला भएको बेलामा गरेका गल्तीहरुको पाप नलाग्ने विश्वासका साथ मनाइने यो पर्व प्रतिपदा तिथीबाट शुरु भइ पञ्चमीसम्म मनाइने गरिन्छ ।

व्रतोपासनका लागि मैतीदेवी र घट्टेकुलोस्थित गणेश मन्दिरमा पुगेका व्रतालु महिलाले रजश्वला भएका महिलाले वर्ष दिनमा रजश्वला हुँदा अन्जानमा छोइएको पाप नलागोस् भन्ने हेतुले पाप क्षयको लागि व्रत बसेको बताए । उनीहरुले अहिले महिलाहरुले रजश्वला नबार्ने भएकोले आजका दिनमा पाप नाशको लागि भनेपनि व्रत बस्ने परम्परा रहेको बताए । उनीहरुले व्रत बस्नु शरीरको लागि पनि फाइदाजनक भएको र यसले मानसिक चिन्तालाई भगाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै पुरोहित जनार्दन पराजुलीले पुरुषहरुका लागि ऋषितर्पणी भएझैँ महिलाहरुका लागि ऋषि पञ्चमी पर्व मनाउने गरेको बताउनु भयो । उहाँले कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र वशिष्ठ पत्नी अरुन्धतीको पूजा गरेर महिलाहरुले आजको दिनमा वर्षभरमा रजश्वला हुँदा अन्जानमा भएका गल्तीको मोक्षका लागि व्रत बस्ने गरेको बताउनु भयो ।

महिलाले बिहानै, नदी, तलाउ, पोखरीमा गइ स्नान गरी तीन सय ६५ वटा दत्तिवनले  दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाएर स्नान गर्ने प्रचलन छ । महिलाहरु आफूले गरेका त्रुटीहरुबाट मुक्त होऔँ भन्ने हेतुले सप्तर्षीहरुको पूजा गर्ने गर्दछन् ।