• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   नइका चार कृतिको लोकार्पण ★   राष्ट्रिय नाचघरमा ‘माटोको गीत’ ★   काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष ★   राजस्थानलाई ५ विकेटले हराउँदै चेन्नई तेस्रो स्थानमा उक्लियो, प्लेअफको सम्भावना बढायो ★   बर्खास्तीमा परेको साढे सात वर्षपछि सार्वजनिक कार्यक्रममा देखिए पूर्वअख्तियार प्रमुख कार्की ★   सर्वोच्चको फैसलाले इन्टरनेट सेवा प्रदायकबाट राजश्व असुलीको बाटो खुल्यो ★   टीकापुरस्थित तीस बिगहा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ पनि अनुसन्धान सुरु ★   नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु ★   जीवि राईलाई सरकारले भगाएको भन्ने कुतर्क कसैले पनि गर्न हुँदैन: प्रधानमन्त्री ★   संसदको गतिरोध अन्त्यका लागि सभामुख–प्रमुख सचेतकबीचको छलफल निष्कर्षबिहीन

निलम्वित प्रधानन्यायाधीश जवराले सीमा बाहिर गएर अभिव्यक्ति दिनुभयो: मिनबहादुर विश्वकर्मा (भिडियो)



काठमाडाैं । नेपाली काँग्रेसका सचेतक मिन विश्वकर्माले महाअभियोगको प्रतिरक्षाका लागि निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सीमा भन्दा बाहिर गएर अभिव्यक्ती दिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधवार बयान दिने क्रममा प्रधानन्यायाधीश जबराले आफ्नो प्रतिरक्षाका लागि सीमा भन्दा बाहिर गएर भनाइ राखेको बताउनुभएको हो । उहाँले प्रधानन्यायाधीश जबराले अभियोगको काम कारबाही किन ढिलो गरेको भन्दै प्रश्न गरेको बताउनु भयो । सचेतक विश्वकर्माले महाअभियोग प्रश्तावको प्रतिरक्षा गर्ने क्रममा भनिएका सबै कुरालाई समितिले समान्य रुपमा लिएको पनि बताउनु भयो ।

उहाँले प्रधानन्यायाधीश जबराले राजनैतिक रुपले नियुक्त भएका न्यायाधीशका कारणले गर्दा मैले एकमतले निर्णय गर्न सकिनँ र त्यसमा स्वाविवेकीय अधिकार हुन्छ भन्ने कुरा राखको उल्लेख गर्दै प्रतिप्रश्नमा संविधानको धारा १३६ ले न्यायपालिकामा भएका सबै निर्णयहरुको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्छ, तपाई लिनुहुन्छ कि लिनुहुन्न भन्ने प्रश्न राखेको बताउनु भयो । जवाफमा प्रधानन्यायाधीश जबराले न्यायालयका निर्णयका अधिकार आफूले लिइरहेको र बोल्ने क्रममा भनेको मात्रै भनेको अभिव्यक्ति दिनुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अभियोगको सवालमा उहाँले यो अभियोग किन ढिलो भयो भनेर जिज्ञासा राख्नुभयो । उहाँले महाअभियोग प्रश्तावको प्रतिरक्षा गर्ने क्रममा भनिएका सबै कुरालाई हामीले सामान्य रुपमा लिएका छौँ । महाअभियोग नै लाग्नु हुँदैन भन्ने उहाँको प्रतिरक्षा होला । उहाँले राजनैतिक रुपले नियुक्त भएका न्यायाधीशका कारणले गर्दा मैले एकमतले निर्णय गर्न सकिनँ र त्यसमा स्वाविवेकीय अधिकार हुन्छ, भन्नुभयो । हामीले प्रतिप्रश्न ग¥यौं, संविधानको धारा १३६ ले न्यायपालिकामा भएका सबै निर्णयहरुको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्छ, तपाई लिनुहुन्छ कि लिनुहुन्न भन्यौँ । लिनुपर्छ, लिएकै छु तर बोल्ने क्रममा भनेको मात्रै हुँ भन्नुभयो । उहाँले आफ्नो प्रतिरक्षा गर्ने क्रममा व्यक्त सबै भनाइलाई हामीले छानविन गर्न बाँकी नै छ । उहाँले आफ्नो प्रतिरक्षाका लागि केही कुराहरु सीमा भन्दा बाहिर गएर बोल्नुभयो । न्यायालय भित्रका सबै निर्णय आफूले लिनुपर्ने ठाउँमा अरुको टाउकोमा सबै दोष थुपार्नु नै सीमा बाहिर गएर बोलेको हो ।’

सचेतक विश्वकर्माले महाअभियोगको बारे पूर्वनिर्धारित कार्यतालिका परिवर्तन हुनसक्ने बताउनु भयो । उहाँले संसद, आगामी निर्वाचनलाई मिलाउँदै जाँदा कार्यतालिका फेरबदल हुनसक्ने तर तोकिएको ३ महिनाको समयसीमा भित्रै महाअभियोगको छिनोफानो हुने बताउनु भयो । उहाँले प्राप्त कागजातहरुको अध्ययनका लागि समितलाई केही समय अझै लाग्ने बताउनु भयो । उहाँले प्रधानन्यायाधीश जबराले आज व्यक्त गर्नुभएका रायका आधारमा सर्वसम्मत निस्कर्षमा पुग्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो कार्यतालिका परिमार्जन गर्ने की भन्ने कुरा भइरहेको छ । हामी ३ महिनाभित्र सक्छौँ । प्राप्त कागजातहरुको अध्ययनका लागि हामीलाई समय लाग्छ नै । आज व्यक्त रायका अनुसार हामी सर्वसम्मत टुंगो र निस्कर्षमा पुग्छौँ । ६४ वटा नै प्रश्न आज सकिन्छ जस्तो लाग्दैन । एकोहोरो स्पष्टीकरण मात्रै भएको भए सकिन्थ्यो, तर प्रतिप्रश्न भइरहेकोले सकिन कठिन छ ।’

सचेतक विश्वकर्माले प्रतिप्रश्न भइरहेकोले आज नै सबै प्रश्नको जवाफ र स्पष्टीकरण नसकिने बताउनु भयो ।