९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन

निलम्वित प्रधानन्यायाधीश जवराले सीमा बाहिर गएर अभिव्यक्ति दिनुभयो: मिनबहादुर विश्वकर्मा (भिडियो)

निलम्वित प्रधानन्यायाधीश जवराले सीमा बाहिर गएर अभिव्यक्ति दिनुभयो: मिनबहादुर विश्वकर्मा (भिडियो)
अ अ+ अ-

काठमाडाैं । नेपाली काँग्रेसका सचेतक मिन विश्वकर्माले महाअभियोगको प्रतिरक्षाका लागि निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सीमा भन्दा बाहिर गएर अभिव्यक्ती दिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधवार बयान दिने क्रममा प्रधानन्यायाधीश जबराले आफ्नो प्रतिरक्षाका लागि सीमा भन्दा बाहिर गएर भनाइ राखेको बताउनुभएको हो । उहाँले प्रधानन्यायाधीश जबराले अभियोगको काम कारबाही किन ढिलो गरेको भन्दै प्रश्न गरेको बताउनु भयो । सचेतक विश्वकर्माले महाअभियोग प्रश्तावको प्रतिरक्षा गर्ने क्रममा भनिएका सबै कुरालाई समितिले समान्य रुपमा लिएको पनि बताउनु भयो ।

उहाँले प्रधानन्यायाधीश जबराले राजनैतिक रुपले नियुक्त भएका न्यायाधीशका कारणले गर्दा मैले एकमतले निर्णय गर्न सकिनँ र त्यसमा स्वाविवेकीय अधिकार हुन्छ भन्ने कुरा राखको उल्लेख गर्दै प्रतिप्रश्नमा संविधानको धारा १३६ ले न्यायपालिकामा भएका सबै निर्णयहरुको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्छ, तपाई लिनुहुन्छ कि लिनुहुन्न भन्ने प्रश्न राखेको बताउनु भयो । जवाफमा प्रधानन्यायाधीश जबराले न्यायालयका निर्णयका अधिकार आफूले लिइरहेको र बोल्ने क्रममा भनेको मात्रै भनेको अभिव्यक्ति दिनुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अभियोगको सवालमा उहाँले यो अभियोग किन ढिलो भयो भनेर जिज्ञासा राख्नुभयो । उहाँले महाअभियोग प्रश्तावको प्रतिरक्षा गर्ने क्रममा भनिएका सबै कुरालाई हामीले सामान्य रुपमा लिएका छौँ । महाअभियोग नै लाग्नु हुँदैन भन्ने उहाँको प्रतिरक्षा होला । उहाँले राजनैतिक रुपले नियुक्त भएका न्यायाधीशका कारणले गर्दा मैले एकमतले निर्णय गर्न सकिनँ र त्यसमा स्वाविवेकीय अधिकार हुन्छ, भन्नुभयो । हामीले प्रतिप्रश्न ग¥यौं, संविधानको धारा १३६ ले न्यायपालिकामा भएका सबै निर्णयहरुको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्छ, तपाई लिनुहुन्छ कि लिनुहुन्न भन्यौँ । लिनुपर्छ, लिएकै छु तर बोल्ने क्रममा भनेको मात्रै हुँ भन्नुभयो । उहाँले आफ्नो प्रतिरक्षा गर्ने क्रममा व्यक्त सबै भनाइलाई हामीले छानविन गर्न बाँकी नै छ । उहाँले आफ्नो प्रतिरक्षाका लागि केही कुराहरु सीमा भन्दा बाहिर गएर बोल्नुभयो । न्यायालय भित्रका सबै निर्णय आफूले लिनुपर्ने ठाउँमा अरुको टाउकोमा सबै दोष थुपार्नु नै सीमा बाहिर गएर बोलेको हो ।’

सचेतक विश्वकर्माले महाअभियोगको बारे पूर्वनिर्धारित कार्यतालिका परिवर्तन हुनसक्ने बताउनु भयो । उहाँले संसद, आगामी निर्वाचनलाई मिलाउँदै जाँदा कार्यतालिका फेरबदल हुनसक्ने तर तोकिएको ३ महिनाको समयसीमा भित्रै महाअभियोगको छिनोफानो हुने बताउनु भयो । उहाँले प्राप्त कागजातहरुको अध्ययनका लागि समितलाई केही समय अझै लाग्ने बताउनु भयो । उहाँले प्रधानन्यायाधीश जबराले आज व्यक्त गर्नुभएका रायका आधारमा सर्वसम्मत निस्कर्षमा पुग्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो कार्यतालिका परिमार्जन गर्ने की भन्ने कुरा भइरहेको छ । हामी ३ महिनाभित्र सक्छौँ । प्राप्त कागजातहरुको अध्ययनका लागि हामीलाई समय लाग्छ नै । आज व्यक्त रायका अनुसार हामी सर्वसम्मत टुंगो र निस्कर्षमा पुग्छौँ । ६४ वटा नै प्रश्न आज सकिन्छ जस्तो लाग्दैन । एकोहोरो स्पष्टीकरण मात्रै भएको भए सकिन्थ्यो, तर प्रतिप्रश्न भइरहेकोले सकिन कठिन छ ।’

सचेतक विश्वकर्माले प्रतिप्रश्न भइरहेकोले आज नै सबै प्रश्नको जवाफ र स्पष्टीकरण नसकिने बताउनु भयो ।