१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबराको बयानः महाअभियोग निष्क्रिय भइसक्यो, मलाई न्याय चाहियो (भिडियो)



अ+ अ-

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूमाथि लगाइएको महाअभियोग निष्क्रिय भइसकेको बयान दिनुभएको छ । महाअभियोग सिफारिस समितिमा जबराले बुधबार महाअभियोग निष्क्रिय भइसकेको बताउनुभएको हो ।

महाअभियोग निष्क्रिय भइसकेकाले आफूलाई न्याय दिन समितिसमक्ष आग्रह गर्नुभयो । आफू संसद्को सम्मानका लागि नागरिकका हिसाबले आएको भन्दै जबराले महाअभियोग प्रस्ताव संविधान र नियमावली संसद्ले पारित नगरेकाले महाअभियोग निष्क्रिय भइसकेको जिकिर गर्नुभयो । समितिबाट आफूले न्याय पाउनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले अदालतमा गुटबन्दी भएकाले आफूपछिका न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव आफूकहाँ आउँदा त्यसलाई अस्वीकार गरेको बताउनुभयो । यस्तो तरिकाले न्यायपालिका चल्न सक्दैन भनेर सो प्रस्तावलाई आफूले अस्वीकार गरेको उहाँको भनाइ थियो ।

उहाँले कार्कीलाई प्रधानन्यायाधीश बनाउने र आफूमाथि महाअभियोग लगाउने काम न्यायपालिकालाई कमजोर पार्ने खेल भएको बताउनुभयो । आफू विधि र पद्धतिबाट आएको भन्दै उहाँले पार्टी र मिडियाको दबाबमा काम नगर्ने बताउनुभयो ।