३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबराको बयानः महाअभियोग निष्क्रिय भइसक्यो, मलाई न्याय चाहियो (भिडियो)



अ+ अ-

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूमाथि लगाइएको महाअभियोग निष्क्रिय भइसकेको बयान दिनुभएको छ । महाअभियोग सिफारिस समितिमा जबराले बुधबार महाअभियोग निष्क्रिय भइसकेको बताउनुभएको हो ।

महाअभियोग निष्क्रिय भइसकेकाले आफूलाई न्याय दिन समितिसमक्ष आग्रह गर्नुभयो । आफू संसद्को सम्मानका लागि नागरिकका हिसाबले आएको भन्दै जबराले महाअभियोग प्रस्ताव संविधान र नियमावली संसद्ले पारित नगरेकाले महाअभियोग निष्क्रिय भइसकेको जिकिर गर्नुभयो । समितिबाट आफूले न्याय पाउनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले अदालतमा गुटबन्दी भएकाले आफूपछिका न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव आफूकहाँ आउँदा त्यसलाई अस्वीकार गरेको बताउनुभयो । यस्तो तरिकाले न्यायपालिका चल्न सक्दैन भनेर सो प्रस्तावलाई आफूले अस्वीकार गरेको उहाँको भनाइ थियो ।

उहाँले कार्कीलाई प्रधानन्यायाधीश बनाउने र आफूमाथि महाअभियोग लगाउने काम न्यायपालिकालाई कमजोर पार्ने खेल भएको बताउनुभयो । आफू विधि र पद्धतिबाट आएको भन्दै उहाँले पार्टी र मिडियाको दबाबमा काम नगर्ने बताउनुभयो ।