२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पक्षलाई मूलधारमा फर्कन एमालेको आव्हान



अ+ अ-

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले माधव नेपालसहितका नेताहरु पार्टीमा फर्किएमा कुनै कारबाही नगर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको बैठकले विभाजनका क्रममा जानेहरु फर्किएमा कुनै कारबाही नगरिने निर्णय गरेको हो ।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार विभाजन परित्याग गरी फर्कनेहरुलाई पूर्वाग्रह, भेदभाव नराखी कुनै किसिमको कारबाही समेत नगरिने बताएका हुन् । ज्ञवालीले पार्टी विभाजनबाट फर्कन आग्रह समेत गरेका हुन् ।

एमालेको आजको बैठकको निर्णयसँगै माधवकुमार नेपाल फर्किए पनि कारबाही हुनेछैन । यो निर्णयसँगै एमाले विभाजनको पक्षमा गएकाहरुलाई फर्काउन पहल भएको बुझिएको छ ।

यसैगरी, माधव नेपालले नयाँ ढंगले बढिसकेकाले नफर्कने स्पष्ट पारिसकेका छन् । उनले चन्द्रागिरीमा बोल्दै अब सशक्त ढंगबाट बढ्ने बताए ।