२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पक्षलाई मूलधारमा फर्कन एमालेको आव्हान



अ+ अ-

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले माधव नेपालसहितका नेताहरु पार्टीमा फर्किएमा कुनै कारबाही नगर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको बैठकले विभाजनका क्रममा जानेहरु फर्किएमा कुनै कारबाही नगरिने निर्णय गरेको हो ।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार विभाजन परित्याग गरी फर्कनेहरुलाई पूर्वाग्रह, भेदभाव नराखी कुनै किसिमको कारबाही समेत नगरिने बताएका हुन् । ज्ञवालीले पार्टी विभाजनबाट फर्कन आग्रह समेत गरेका हुन् ।

एमालेको आजको बैठकको निर्णयसँगै माधवकुमार नेपाल फर्किए पनि कारबाही हुनेछैन । यो निर्णयसँगै एमाले विभाजनको पक्षमा गएकाहरुलाई फर्काउन पहल भएको बुझिएको छ ।

यसैगरी, माधव नेपालले नयाँ ढंगले बढिसकेकाले नफर्कने स्पष्ट पारिसकेका छन् । उनले चन्द्रागिरीमा बोल्दै अब सशक्त ढंगबाट बढ्ने बताए ।