४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पूर्व सचिव त्रितालको मेयर साहलाई सुझाव: भूमाफियाद्वारा सिर्जना गरिएका नक्कली सुकुम्बासीको पहिचान गर्नुस्

पूर्व सचिव त्रितालको मेयर साहलाई सुझाव: भूमाफियाद्वारा सिर्जना गरिएका नक्कली सुकुम्बासीको पहिचान गर्नुस्
अ+ अ-

काठमाडौं । पूर्वसचिब शारदाप्रसाद त्रितालले काठमाडौ महानगरपालीका प्रमुख बालने साहलाई महानगरपालिकाभित्र अवैध तरिकाले बस्दै आएका सुकुम्बासीको समस्याका बारेमा पनि ध्यान दिन सुझाब दिनु भएको छ ।

सामाजिक संञ्जालमा उहाँले लेख्नुभएको छ । सुकुम्बासीको समस्या समाधानका लागि एउटा सानो तर विज्ञहरु रहेको छानविन समिति बनाउन सुझाब दिनु भएको छ । उहाँले दिनुभएको सुझाबहरु

मेयरज्यू

काठमाण्डौ महानगरपालिका ।

‘तपाईको सक्रियता थप सशक्त बनोस्’

१) तपाईअहिलेसम्म गर्दै आएका कामहरु प्रशंसायोग्य छन् ।

२) सार्वजनिक सरोकारका विषयमा सशक्त रुपमा प्रस्तुत हुँदै आउनु भएका कानुन व्यवसायीलाई आफ्नो कानुनी सल्लाहकार नियुक्त गर्नु भएको सुन्दा झनै खुशी लागेकोछ ।

३) अव महानगरपालिकाभित्र अवैध तरिकाले बस्दै आएका सुकुम्बासीको समस्याप्रति पनि तपार्इको ध्यान जानु आवश्यक देखिएको छ ।

यसका लागि–

क) एउटा सानो तर विज्ञहरु रहेको छानविन समिति बनाउने ।

ख) समितिको अध्ययनका आधारमा वास्तविक सुकुम्बासीको संख्या यकिन गर्ने ।

मेरो आफ्नो अनुभवमा देशभरिको तथ्याङ्क हेर्दा सुकुम्बासी भनी दर्ता भएका कुल संख्याको करिब १५ देखि २० प्रतिशत मात्र वास्तविक सुकुम्बासी हुन सक्ने देखिन्छ । अरु सबै भूमाफियाद्वारा सिर्जना गरिएका नक्कली सुकुम्बासी हुन् ।

काठमाण्डौमा त ३ देखि ४ प्रतिशत मात्र वास्तविक सुकुम्बासी छन् । अरु राजनीतिक दलका नेताहरुको संरक्षणमा भूमाफियाद्वारा खडा गरिएका नक्कली सुकुम्बासी छन् ।

ग) छानविन समितिले सुकुम्बासीसँग तीन पुस्ते माग्नासाथ उनिहरुको पुर्ख्यौली थाकथलो (जिल्ला गाउँ बस्ती) पत्ता लाग्छ ।

घ) वास्तविक सुकुम्बासीको व्यवस्थापन गर्ने जिम्मेवारी नेपाल सरकारको भएकोले काठमाण्डौ पुर्ख्यौली नभएका वास्तविक सुकुम्बासीलाई सम्बन्धित पुर्ख्यौली भएका जिल्लामा पठाउन वा अर्को व्यवस्था गर्न नेपाल सरकारसँग समय सीमा तोकेर महानगरपालिकाले आग्रह गर्ने ।

ङ) नक्कली ठहरिएका सुकुम्बासीलाई एक महिनाभित्र स्थान खाली गर्न सूचना जारी गर्ने र नटेरेमा बल प्रयोग गरी हटाउने ।

च) उपत्यकाका अन्य पालिकाहरुसँग पनि यस किसिमको अभियान चलाउन आग्रह सहितको समन्वय गर्ने ।

छ) काठमाण्डौ महानगर यसमा सफल भएपछि अरु पालिकाहरु पनि स्वत वाध्य हुने अवस्था सिर्जना हुनसक्छ ।

४) कानुनको मर्म र व्यवहारलाई अलिकति पनि कमजोर हुन नदिई थप सशक्त ढङ्गले आफ्नो अभियानलाई निरन्तरता दिनु हुनेछ भन्ने आशा र विश्वास छ ।