२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका अडानी बने विश्वकै तेस्रो धनाड्य व्यक्ति



अ+ अ-

काठमाडौँ । भारतका गौतम अडानी विश्वकै तेस्रो धनाड्य व्यक्ति बनेका छन् । अडानी समूहका अध्यक्ष गौतम विश्वकै तेस्रो धनाड्य व्यक्ति बनेका हुन् ।

विश्वका धनीहरुको सूचीको पहिलो नम्बरमा टेस्लाका सीईओ इलन मस्क र दोस्रो नम्बरमा अमेजनका संस्थापक जेफ बेजोस रहेका छन् । अडानी यो उपलब्धि हासिल गर्ने एसियाकै पहिलो व्यक्ति समेत हुन् ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार ६० वर्षीय अडानीको कुल सम्पत्ति १३७.४ बिलियन डलर पुगेको छ । यो वर्ष उनको कुल सम्पत्ति ६०.९ अर्ब डलरले बढेको छ । गत फेब्रुअरीमा मुकेश अम्बानीलाई उछिन्दै उनी एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका थिए ।

भारतका मुकेश अम्बानी एक पटक विश्वका धनीहरुको सूचीमा चौंथो नम्बरमा पुगेका थिए ।