३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका अडानी बने विश्वकै तेस्रो धनाड्य व्यक्ति



अ+ अ-

काठमाडौँ । भारतका गौतम अडानी विश्वकै तेस्रो धनाड्य व्यक्ति बनेका छन् । अडानी समूहका अध्यक्ष गौतम विश्वकै तेस्रो धनाड्य व्यक्ति बनेका हुन् ।

विश्वका धनीहरुको सूचीको पहिलो नम्बरमा टेस्लाका सीईओ इलन मस्क र दोस्रो नम्बरमा अमेजनका संस्थापक जेफ बेजोस रहेका छन् । अडानी यो उपलब्धि हासिल गर्ने एसियाकै पहिलो व्यक्ति समेत हुन् ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार ६० वर्षीय अडानीको कुल सम्पत्ति १३७.४ बिलियन डलर पुगेको छ । यो वर्ष उनको कुल सम्पत्ति ६०.९ अर्ब डलरले बढेको छ । गत फेब्रुअरीमा मुकेश अम्बानीलाई उछिन्दै उनी एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका थिए ।

भारतका मुकेश अम्बानी एक पटक विश्वका धनीहरुको सूचीमा चौंथो नम्बरमा पुगेका थिए ।