• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

केन्या भर्सेस नेपालः निर्णायक खेल आज



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज मंगलबार घरेलु टोली केन्याविरुद्ध पाँचौं तथा अन्तिम टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्याबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

दुबै टिमले आज निर्णायक खेल खेल्दैछन् । पाँच खेलको सिरिजमा ४ खेल सम्पन्न हुँदा सिरिज २–२ को बराबरीको अवस्थामा रहेको छ । यस खेल जित्नेले सिरिज जित्नेछ ।

सोमबार भएको चौंथो खेलमा नेपाल केन्यासँग ७ रनले पराजित भएको थियो ।

त्यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा केन्यासँग नेपाल १८ रनले पराजित हुन पुगेको थियो । यस्तै तेस्रो खेलमा नेपालले ४ विकेटको जित निकालेको थियो ।

टी–ट्वान्टी सिरिजपछि नेपालले केन्यासँग एकदिवसीय सिरिज खेल्नेछ ।

पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।