५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई सय २६ सङ्क्रमित थपिए



अ+ अ-

काठमाडौँ । देशभर आज दुई सय २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार चार हजार ११ परीक्षणमध्ये सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज दुई सय २३ जना सङ्क्रमणमुक्त भएका छन् ।

सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार दुई सय ३५ पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, कालिकोट, हुम्ला, डोल्पा र मुगु रहेका छन् ।

होम आइसोलेशनमा तीन हजार ८६, संस्थागत आइसोलेशनमा एक सय ४९, सघन उपचार कक्ष (आइसियु)मा ४४ र भेन्टिलेटरमा पाँचको उपचार भइरहेको छ । विगत २४ घण्टामा एक लाख ३२ हजार दुई सय ९४ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।