२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावी तालमेलका लागि खुला छौँ : महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीे स्थानीय तहमा तालमेल गरेर जान सदैव खुला रहेको बताउनु भएको छ ।

सोमबार काठमाडौंमा आयोजित ‘पत्रकारसँग अन्तरसम्वाद’ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी स्थानीय तहमा तालमेल गरेर जान खुला रहेको बताउनु भएको हो । तर, कुनै पनि प्रकारको चुनावी गठबन्धनको पक्षमा आफ्नो पार्टी नरहेको उहाँको भनाई थियो । राजनीतिक दलहरुले चुनाव आफ्नो नीतिको आधारमा लडनुपर्ने तर्क गर्दै महासचिव पोखरेलले आफ्नो पार्टी गठबन्धन गरेर निर्वाचनमा जाने पक्षमा नरहेको पटकपटक दोहोर्याउनु भयो ।

उहाँले भन्नु भयो, ‘आगामी निर्वाचनको लागि गठबन्धनको सन्दर्भमा हाम्रो स्पष्ट नीति छ । हामी कुनै पनि प्रकारको गठबन्धनको पक्षमा छैनौं । हामी आफ्नो नीतिको आधारमा निर्वाचनमा प्रस्तुत हुन गईराखेको छौं । स्थानीय तहमा तालमेल हुन सक्छ । तालमेलमा बारेमा हामी सदैव खुला छौं । तर चुनाव आफ्नो नीतिको आधारमा लड्नुपर्छ भन्ने मान्यताको पक्षमा छौं । त्यसकारण कुनै राजनीतिक दलसँग गठबन्धनको कुरा गरेको छैनौं । चुनावी तालमेलको कुरा गरेका छौं ।’

महासचिव पोखरेलले नागरिकता विधेयकसँग जोडेर राष्ट्रपतिले राजीनामा दिने कुरा अतिरञ्जनामात्रै भएको टिप्पणी गर्नु भयो । उहाँले सो विधेयक राष्ट्रपति कहाँ पुगिनसकेको अवस्थामा त्यसबारेमा राष्ट्रपतिले के गर्ने भन्ने विषयमा टिप्पणी गर्न आवश्यक नरहेको स्पष्ट पार्नु भयो । महासचिव पोखरेलले भन्नु भयो, ‘नागरिकता विधेयकसँग जोडेर सम्मानीय राष्ट्रपतिको राजीनामा भन्ने कुराको प्रश्नचाँही एक प्रकारले बजारमा अतिरञ्जना सृजना गर्ने प्रयास हो भन्ने मलाई लाग्छ । किनकी, विधेयक अन्तिम रुपमा राष्ट्रपति कहाँ पुगैकै छैन । जब राष्ट्रपति कहाँ पुगेकै छैन भने त्यो विषयमा राष्ट्रपतिको कुरा के–कस्तो भन्ने कुरा आम सञ्चार माध्याममा जो आएको छ, त्यो तर्कको कुरा हो । विधेयक अहिले पनि विचाराधिन अवस्थामा छ । जबसम्म राष्ट्रपतिको टेवलमा पुग्दैन, त्यतिबेलासम्म विधेयकको सन्दर्भमा के गर्ने भन्ने प्रश्न चाँही आउँछ जस्तो मलाई लाग्दैन ।’

महासचिव पोखरेलले नेपाली राजनीतिलाई सही बाटोमा ल्याउनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्नु परेको बताउनु भयो । जनताको पक्षमा काम गरेको नेतालाई घेराबन्दी गरिएकाले त्यस्ताहरुलाई दण्डित गर्न पनि पार्टीले ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर निर्वाचनमा होमिएको उहाँले बताउनु भयो । महासचिव पोखरेलले भन्नु भयो, ‘एउटा जनताको पक्षमा काम गरेको नेताहरुलाई जब घेराबन्दी गरिन्छ, जनताको अदालतबाट घेराबन्दी गर्नेहरुलाई दण्डित गर्नुपर्छ भन्ने मान्यताको आधारमा उहाँले उहाँलाई प्रधानमन्त्रीको रुपमा अघि सारेका हौं । नेतृत्वको अभाव पार्टीमा भएर होइन । नेपाली राजनीतिलाई सही बाटोमा ल्याउनका लागि उहाँलाई पार्टीले प्रधानमन्त्रीको उम्मेदवार बनाएको हो । हामीलाई बहुमत ल्याउन पार्टी सदस्यले दुई मत मात्रै थप गरे हुन्छ । त्यही भएर आमीले प्रत्येक पार्टी सदस्यले दुई मत थप गर्ने गरी चुनावी रणनीतिनै बनाएका छौं ।’

महासचिव पोखरेलले आगामी निर्वाचनमा बहुमत ल्याउनका लागि आफ्नो पार्टीले पार्टीका हरेक सदस्यलाई दुई मत थप गर्ने गरी अघि बढने रणनीति तय गरेको बताउनु भयो ।