१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले के भने ?



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दिव्यमणि राजभण्डारी गोरखा रेजिमेन्टमा भर्ना भएका नेपालीले पाउनुपर्ने सुविधाको विषय टुङ्गो लगाउन सरकारसँग माग गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद राजभण्डारीले गोरखा सैनिकहरुको मागलाई सरकारले बेवास्ता गरेर दुखि बनाएकाले तत्काल माग पूरा गर्न माग गर्नुभएको हो । उहाँले भारतमा समेत गोरखा भर्नामा नयाँ नियम बनाएको बताउनु भयो ।

त्यस्तै सांसद दीपकप्रकाश भट्टले विद्यालयमा काम गर्ने शिक्षकहरुको संस्था नेपाल कर्मचारी परिषद्ले उठाएका मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो । उहाँले विद्यालय व्यवस्थापन र विद्यालयका कर्मचारी दुईतर्फ भइरहेकाले उनीहरुको जाहेज माग सरकारले तत्काल पूरा गर्नुपर्ने बताउनु भयो ।

सांसद दुर्गाकुमारी विश्वकर्माले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा विदेशमा हुने नेपालीलाई पनि भोट हाल्न पाउने व्यवस्था मिलाउन माग गर्नुभयो । उहाँले अहिले ४५ लाख नेपाली विदेशमा रहेको तर अहिलेसम्म निर्वाचनमा मत दिने अधिकार नपाएको बताउनु भयो । सांसद विश्वकर्माले सम्बन्धित दुतावासबाट भोट हाल्न पाउने व्यवस्था गर्न पनि माग गर्नुभयो । उहाँले नेपालमा नै रहेर नेपाली विभिन्न उद्योगमा काम गर्ने जनताले भोट दिन नपाएको अवस्था रहेको भन्दै उद्योगमा काम गर्ने मजदुरहरुलाई पनि भोट हाल्ने वातावरण बनाउन माग गर्नुभयो ।

त्यस्तै सांसद नवराज सिलवालले ललितपुरको ठूला दुलुङ क्षेत्रमा उत्पादन हुने कफी खेतीलाई प्रवन्धन गर्न आर्थिक र प्राविधिक प्याकेज माग गर्नुभयो । उहाँले उक्त क्षेत्रमा १२ सय घरपरिवार कफी खेतीमा संग्लन भएर युरोपमा कफी निर्यात गरिरहेको बताउनु भयो । सिलवालले यो वर्ष करिव ९ टन कफी निर्यात गर्ने किसानहरुले लक्ष्य राखेको पनि बताउनु भयो । त्यहाँका किसान संसदसमेत मन्त्रालयहरुमा गएर कफी खेती प्रवन्धन गर्न आर्थिक सहयोग माग गर्दा समेत सरकारले कानमा तेल हालेर बसेको आरोप लगाउनु भयो ।

त्यस्तै सांसद पार्वता जिसी चौधरीले माओवादी र काँग्रेसको अपवित्र गठबन्धनले देश र पार्टी दुवैको हीत नगर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई अपवित्र गठबन्धन गर्नु जनतासँगको बेइमानी भएको भन्दै नेपाली काँग्रेसलाई बचाउन गठबन्धन तोड्न आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री देउवालाई काँग्रेस आगामी निर्वाचनमा एक्लै निर्वाचनमा जाने घोषणा गर्न सुझाव दिनुभयो । सांसद चौधरीले आगामी निर्वाचनमा काँग्रेसलाई ठूलो पार्टी बन्न कसैले रोक्न नसक्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री देउवालाई जीवनको अन्तिम समयमा एउटा राम्रो काम गर्न भन्दै राम्रो काम नगरे भावी पुस्ताले सराप्ने बताउनु भयो ।

त्यस्तै सांसद अञ्जना बिसुङ्खेले आगामी निर्वाचनमा महिलाको लागि निर्वाचन आरक्षण तोकी कानून बनाएर समानुपातिक सहभागिता कायम गर्न सरकारसँग माग गर्नुभयो । उहाँले आरक्षण ताकेर तत्काल विधेयक ल्यान सभामुखको रुलिङ माग गर्नुभयो ।

त्यस्तै सांसद प्रेम सुवालले त्रिभूवन विश्वविद्यालय तीन वर्षमा ३०० सय दिन तालाबन्दी भएकाले तीन वर्ष यता प्रधानमन्त्री र शिक्षामन्त्री भएकाहरुलाई स्पष्टिकरण सोध्नुपर्ने बताउनु भयो । उहाँले युद्धको समयमा समेत विद्यालय र विश्व विद्यालयहरु सञ्चालन भएको देशहरु धेरै रहेको बताउनु भयो । उहाँले भारतको गगनचुमी जुम्ल्याह भवन बम राखेर भत्काए जस्तै काठमाडौंको ठमेलको सार्वजनिक कमल पोखरीमा निर्माण गरिएको व्यापारीक भवन छायाँ कम्प्लेस भत्काउन जरुरी रहेको बताउनु भयो । सांसद सुवालले निर्वाचन घोषणा भएपछि संसद सुचारु हुने आचार संहिताको उल्लघन भएको गुनासो भएकाले तत्काल संसद अन्त्य गर्न माग गर्नुभयो । उहाँले उल्लेखित विषयमा सभामुखसँग रुलिङको मागसमेत गर्नुभयो ।

त्यस्तै सांसद डा.विजय सुब्बाले साझा प्रकाशनलाई कक्षा ११ को पाठ्यपुस्तक छाप्न दिने निर्णय भएपनि स्वीकृत नभएको भन्दै तत्काल फाइल स्वीकृत गर्न माग गर्नुभयो । उहाँले यो भन्दा अगाडिका ६ जना शिक्षा मन्त्रीले साझा प्रकाशन केन्द्र डुबाइएको पनि बताउनु भयो ।

उहाँले शिक्षा मन्त्रीलाई साझा प्रकाशनको विषयमा गलत सूचना गएको पनि बताउनु भयो ।