९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेह्रथुम पावर कम्पनीको आइपिओ खुला



अ+ अ-

काठमाडौँ । तेह्रथुम पावर कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन ९आइपिओ० बिक्री खुला भएको छ । 

कम्पनीले आजबाट बिक्री खुला भएको आइपिओ भदौ १३ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । यदि सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २३ गतेसम्म शेयर निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ ।

कम्पनीले रु एक सय अङ्कितका दरले ८ लाख कित्ता शेयर निष्काशन गरेको छ । जसमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेका सात लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन पाइनेछ । यसअघि कम्पनीले आयोजना प्रभावितका लागि चार लाख कित्ता शेयर निष्काशन गरिसकेको छ । आयोजना प्रभावितका लागि शेयर निष्काशन गरेपश्चात् कम्पनीले सर्वसाधारणका लागि ८ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी रु २८ करोड रहेको छ । स्थानीयवासीलाई रु चार करोड र सर्वसाधारणलाई रु आठ करोड बराबरको आइपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी रु ४० करोड हुनेछ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर)मार्फतसमेत आइपिओमा आवेदन दिन सक्नेछन् ।