• ९ भाद्र २०८१, आईतवार
  •      Sun Aug 25 2024
  •   Unicode
Logo

नेकपा एस तनहुँको अध्यक्षमा कार्की



तनहुँ । नेकपा (एकीकृत समाजवादी) तनहुँको अध्यक्षमा श्रीराम कार्की चयन भएका छन् । सो पार्टीको आइतबार सम्पन्न विस्तारित बैठकले कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।

यसअघिका अध्यक्ष शङ्करनारायण श्रेष्ठ पार्टीको केन्द्रीय सदस्य चयन भएपछि सचिव रहेका कार्की अध्यक्षमा पदोन्नति भएका हुन् । पाटीको केन्द्रीय सर्कुलर अनुसार केन्द्रीय कमिटीमा रहेका सबैले जिम्मेवारी हस्तान्तरण गर्ने निर्देशन अनुसार जिल्ला श्रेष्ठ जिल्ला कमिटीबाट बिदा भएका हुन् ।

बैठकले जिल्ला कमिटीको उपाध्यक्षमा मनुमाया श्रेष्ठ र थमन आले, सचिवमा दुर्गाकुमार श्रेष्ठ, उपसचिवमा ऋषीराम पन्त, गजिन्द्रराज पन्थ र नरबहादुर रानाभाटसहित एक सय १५ सदस्यीय जिल्ला कमिटी पुनःगठन गरेको छ ।