२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभर्टनमाथि टोटेनहमको सहज जित, लेस्टर सिटी फुलहमसँग पराजित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले एभर्टनलाई ४–० गोलले हराएको हो ।

घरेलु मैदानमा फराकिलो जित निकालेको टोटेनहमका सन हेउंग मिनले दुई तथा यभ्स बिसोउमा र क्रिस्टियन रोमेरोले एक–एक गोल गरे ।

यस्तै, गएराति नै भएको अर्को खेलमा फुलहमले लेस्टर सिटीलाई २–१ गोलले हरायो । फुलहमलाई जित दिलाउन स्मिथ रोए र एलेक्स इओवीले एक–एक गोल गरे भने लेस्टरका ओउट फइसले एक गोल फर्काए ।